Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

२१३औं भानु जयन्ती मनाइँदै

२१३औं भानु जयन्ती मनाइँदै

काठमाडौं । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदैछ । आदिकवि भानुभक्त आचार्यले नेपाली भाषामा रामायण अनुवाद गरेर साहित्यलाई जनताको पहुँचमा पु¥याएका कारण उहाँ नेपाली भाषा र साहित्यका अमर विभूतिका रूपमा मानिनुहुन्छ । उहाँका कृतिले नेपाली भाषाको विकासमा पु¥याएको योगदान आज पनि उत्तिकै सान्दर्भिक मानिन्छन् ।

विसं १८७१ असार २९ गते जन्मिनुभएका भानुभक्तको निधन विसं १९२५ असोज ६ गते भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादक पनि हुनुहुन्छ । युवाकवि मोतिराम भट्टले भानुभक्तलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिनुभएको थियो । भानुभक्तका प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायत कृति प्रकाशित छन् । उहाँका पाण्डुलिपिहरु सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तक प्रकाशित गरेपछि भानुभक्तको चर्चा नेपाली साहित्यमा चुलिएको थियो ।

गृहजिल्लामा भानु जयन्ती
खासगरी भानुभक्तको गृहजिल्ला तनहुँमा भानुभक्त जन्मस्थल विकास समितिले तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी भानु जयन्ती मनाउने निर्णय केही दिन अघि नै गरेको थियो ।

भानु नगरपालिकाका प्रमुख एवं भानु जन्मस्थल विकास समितिका अध्यक्ष आनन्दराज त्रिपाठीको अध्यक्षतामा असार २२ गते सोमबार सम्पन्न बैठकले असार २७, २८ र २९ गते तीन दिनसम्म विविध कार्यक्रम सञ्चालन गरी २१३औँ भानु जयन्ती मनाउने निर्णय गरेको थियो । भानु जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सामूहिक प्रयास आवश्यक रहेको धारणा हरेक वर्ष झैं यस वर्ष पनि व्यक्त भएको छ ।

जसअसार २७ गते भानुभक्तसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न मठमन्दिरमा पूजाअर्चना गरिएको थियो भने हिजो असार २८ गते भानुभक्तीय रामायण वाचन÷पाठ प्रतियोगिता आयोजना गरिएको थियो । हिजै साँझ साहित्यकार, कवि तथा स्रष्टाहरूको सहभागितामा विशेष कवि गोष्ठी सम्पन्न गरिएको थियो ।

आज असार २९ गते बिहान भानुभक्तको शालिकमा माल्यार्पणपछि झाँकीसहितको प्रभातफेरी, कविता वाचन, भानुभक्त आचार्यको जीवन, व्यक्तित्व र कृतित्वमाथि विशेष छलफल तथा भानु जन्मस्थलको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारका विषयमा संवाद कार्यक्रम सञ्चालन गरिदैंछ । यसैगरी, मुलुककै विभिन्न जिल्लामा तथा भारतदेखि अन्य विभिन्न मुलुकमा पनि भानु जयन्ती मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार