काठमाडौं । सिन्धुलीका मरिण गा पा ७ निवासी बाबुराम श्रेष्ठ निरुपमले 'छैटौं हिमालयन इन्टरनेशनल अवार्ड २०२६' मा सर्वोत्कृष्ट नव आधुनिक गीतकार अवार्ड जित्नुभएको छ ।
“सिक्किमको राभाङ्लास्थित कम्युनिटी हलमा आयोजित समारोहमा निरुपमले आधुनिक गीत 'खोज्दा नि आफुलाई भेटाउन सकिन' को गीतका शब्दले उक्त सम्मान प्राप्त गर्नुभएको हो । उक्त समारोहमा प्रमुख अतिथि AA+सरकारी कन्ट्याक्टर एसोसियसनका भाइस प्रेसिडेन्ट टासी ग्यल्पो भुटिया र प्रमुख संरक्षक, क्षेत्र प्रमुख बर्फुङ रिक्सल दोर्जी भुटिया रहनु भएको थियो।
साहित्यिक क्षेत्रमा सक्रिय निरुपमको मेहनत, समर्पण साहित्यप्रतिको प्रतिबद्धताको कदर गर्दै उहाँलाई यस वर्षको उत्कृष्ट नव आधुनिक गीतकारको उपाधि प्रदान गरिएको आयोजकले जनाएको छ
निरुपमको यो उपलब्धिलाई सिन्धुली र नेपालको गीत साहित्यका क्षेत्रका लागि गौरवपूर्ण सफलता मानिएको छ।
निरुपमको देश स्वप्न कविता सङ्ग्रह (२०६३) बूढो समय कविता सङ्ग्रह (२०७९) र कुमारी माया गीतसङ्ग्रह (२०८२) प्रकाशित कृति हो।

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com