एजेन्सी । के तपाईंलाई थाहा छ ? जुलाई २० मा बेलायतको ५९औं प्रधानमन्त्रीमा नियुक्त भएका एन्डी बर्नह्याम लेबर एण्ड कोअपरेटिभ पार्टीका नेता हुन् । अर्थात् उनी बेलायतको पहिलो लेबर तथा कोअपरेटिभ पार्टीका पहिलो प्रधानमन्त्री हुन् । यसको अर्थ के हो भने बेलायतको लेबर पार्टी र कोअपरेटिभ पार्टीबीच सन् १९३७ देखि चुनावी गठबन्धन कायम छ । सोही आधारमा बर्नह्याम पहिलो कोअपरेटिभ प्रधानमन्त्री हुन् ।
सन् १९२७ को एउटा सम्झौताअनुसार यी दुई दलले एकअर्काविरुद्ध उम्मेदवारी दिँदैनन् बरु, उनीहरूले संयुक्त उम्मेदवारहरू खडा गर्छन् जो मतपत्रमा र निर्वाचित भएपछि पनि 'लेबर एण्ड कोअपरेटिभ' प्रतिनिधिका रूपमा प्रस्तुत हुन्छन् । बेलायतमा कोअपरेटिभ पार्टीलाई सेन्टर लेफ्ट राजनीतिक दल मानिन्छ । यसले सहकारी मूल्य, मान्यता र सिद्धान्त आत्समात् गर्दछ । यस हिसाबले एन्डी बर्नह्याम बेलायतको पहिलो लेबर तथा सहकारी प्रधानमन्त्री हुन् । उनी यसअघि पनि पनि लेबर तथा कोअपरेटिभ पार्टीको नेता बन्ने प्रयास गरेका थिए तर असफल भएका थिए।
बर्नह्याम प्रधानमन्त्री नियुक्त भएसँगै बेलायती सहकारी अभियान पनि निकै हर्षित छ । कोअपरेटिभ यूकेकी प्रमुख कार्यकारी अधिृकत रोज मार्लीले नयाँ प्रधानमन्त्रीले सहकारी क्षेत्रको सुदृढीकरणमा भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । यसअघि ग्रेटर म्यानचेस्टरको मेयर हुँदा समेत बर्नह्यामले जनतालाई केन्द्रमा राखेर काम गर्ने बताएका थिए जुन कुरा उनले प्रधानमन्त्री निर्वाचित भएपछि पनि दोहोर्याएका छन् । यसले गर्दा पनि उनमा सहकारिताको भावना भएको बेलायती सहकारी अभियानले बताएको छ ।
सन् १९७० मा लिभरपुलमा जन्मेका बर्नह्याम वारिङ्टन नजिकैको एउटा गाउँमा हुर्केका हुन् । उनका बुबा ब्रिटिस टेलिकममा इन्जिनियर थिए भने उनकी आमा रिसेप्सनिस्ट थिइन् । दुवै जना लेबर पार्टीका कट्टर समर्थक थिए, जसले गर्दा बर्नह्यामलाई सानै उमेरमा राजनीतिमा रुचि बसेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com