काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नुभएको छ।
केही दिनदेखि बजारमा ग्याँसको अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेपछि मन्त्री यादवले यस विषयमा विशेष चासो व्यक्त गर्नुभएको हो। बजारमा ग्याँसको मौज्दात र आपूर्ति अवस्थाबारे मन्त्रालयले नियालिरहेको उल्लेख गर्दै उहाँले उपभोक्तालाई त्रसित नहुन आग्रह गर्नुभयो।
ग्याँस वितरणका क्रममा उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै मन्त्रालयले सर्वसाधारणलाई तत्कालका लागि अति आवश्यक मात्रामा मात्र ग्याँस खरिद गरी स्थिति सहज बनाउन सहयोग गर्न अनुरोध गरेको छ। अनावश्यक रूपमा ग्याँसको सञ्चय (होडिङ) नगर्न पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ।
साथै, मन्त्री यादवले बजारमा देखिएको हालको समस्यालाई तत्काल समाधान गरी आपूर्ति व्यवस्थालाई पूर्ववत् सहज बनाउन नेपाल आयल निगमलाई आवश्यक निर्देशन समेत दिनुभएको छ। निगमले बजारको अनुगमन र वितरण प्रणालीलाई थप व्यवस्थित गर्ने जनाएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com