Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
बालबालिकाका कला

चित्रकलाका सौखिन भास्वर

चित्रकलाका सौखिन भास्वर

ललितपुरको लगनखेलस्थित क्याम्पियन स्कूलमा कक्षा-७ मा अध्ययनरत भास्वर रिमालले बनाएको सयपत्री फूलको आकर्षक चित्र (तल)। फुर्सदको समयमा उनी चित्रकलामा रमाउने गर्दछन् । चित्रकला आफ्नो अभिव्यक्तिको सबैभन्दा प्रभावकारी माध्यम भएको भास्कर बताउँदछन् ।

उनी भन्छन्, 'मलाई चित्र बनाउन निक्कै रमाइलो लाग्छ ।' आफूलाई हजुरबुबा हजुरआमा, बाबा र मामुले चित्र बनाउन प्रेरित गर्ने गरेको उनी बताउँछन् ।

भास्वर स्कूलमा आयोजना हुने चित्रकला प्रतियोगितामा धेरैपटक पुरस्कृत समेत भइसकेका छन् । तर, भविष्यमा भने उनी चित्रकलालाई करिअर भन्दा शौखको रुपमा अघि बढाउने विचार राख्दछन् ।

aa70607e-b150-42dd-9a03-f51604ccf434.jpg

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार