Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

भ्रामक र उत्तेजना फैलाउने सामग्री सम्प्रेषण नगर्न सञ्चारमन्त्रीको आग्रह

भ्रामक र उत्तेजना फैलाउने सामग्री सम्प्रेषण नगर्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले मधेसमा भएका पछिल्ला हिंसात्मक घटनालाई सरकारले गम्भीरतापूर्वक लिई समाधानका लागि ठोस पहल गरिरहेको बताउनुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री डा. तिमिल्सिनाले घटनाका विषयमा विभिन्न माध्यमबाट भइरहेका भ्रामक र गैरजिम्मेवार सामग्रीको प्रसारणप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। यस्ता भ्रामक सामग्रीले स्थितिलाई थप जटिल बनाउने र हिंसा भड्काउने जोखिम रहने उहाँले उल्लेख गर्नुभएको छ।

संवेदनशील घडीमा सम्पूर्ण सञ्चारमाध्यम, सम्पादक, पत्रकार, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा आम नागरिकलाई सत्य, तथ्य र जिम्मेवारीपूर्ण सूचना मात्र सम्प्रेषण गर्न उहाँले हार्दिक आग्रह गर्नुभएको छ। अपुष्ट सूचना, भ्रामक सामग्री, घृणा फैलाउने अभिव्यक्ति वा कुनै पनि समुदाय, समूह वा व्यक्तिविरुद्ध उत्तेजना फैलाउने सामग्री प्रसारण तथा सेयर नगर्नसमेत उहाँले अपिल गर्नुभएको छ।

शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताउँदै मन्त्री डा. तिमिल्सिनाले असहमतिका विषयलाई संवाद, कानुनी प्रक्रिया र लोकतान्त्रिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले जिम्मेवार सञ्चार, संयमित अभिव्यक्ति र आपसी सम्मानका माध्यमबाट मात्रै शान्त र समृद्ध देश निर्माण गर्न सकिने स्पष्ट पार्नुभएको छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार