Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

निजी क्षेत्रको अपिल–धार्मिक एवं साम्प्रदायिक सद्‌भाव कायम राखौँ

निजी क्षेत्रको अपिल–धार्मिक एवं साम्प्रदायिक सद्‌भाव कायम राखौँ

काठमाडौं । निजी क्षेत्रले सुनसरी, सिरहा र धनुषालगायतको जिल्लामा उत्पन्न परिस्थिति समाधानका लागि धार्मिक एवं साम्प्रदायक सद्भाव कायम राख्न अपिल गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले बिहीबार छुट्टाछुट्टै विज्ञप्ति प्रकाशन गरेर आन्दोलन, हिंसा वा मूठभेडबाट समस्याको समाधान नहुने भएकाले संयम अपनाउन आग्रह गरेका हुन्। 

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरण रहँदै आएको छ। तराई–मधेश क्षेत्र विशेष गरी विभिन्न जातजाति, भाषाभाषी र समुदायहरूबीचको आपसी भाइचारा, सामाजिक सद्भाव र सहिष्णुताको केन्द्र हो। कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, झडप, हिंसा र मूठभेडले कसैको पनि हित गर्दैन।’

नेपाल उद्योग परिसंघ (सीएनआई)ले पनि सुनसरी, सिरहा र धनुषालगायतको जिल्लामा उत्पन्न परिस्थिति समाधानका लागि सबै पक्षलाई अनुरोध गरेको छ। 

‘सदियौँदेखि नेपाल धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक हो। हाम्रो यो विशिष्टपनलाई कायम राख्दै सामाजिक, धार्मिक एवं साम्प्रदायिक सहिष्णुतालाई कायम राख्न परिसंघ सबैमा हार्दिक अपिल गर्दछ’, सीएनआईले भनेको छ। 

अहिले भइरहेका घटनाले सामाजिक सद्भाव बिथोल्नुका साथै सर्वसाधारणको दैनिक जीवनयापन, उद्योग, व्यापार र समग्र देशको आर्थिक गतिविधिमा समेत गम्भीर नकारात्मक असर पुर्‍याउने वैद्यले बताएका छन्।

fncci_apil2_nc7vosQj8E.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार