Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

सिईओ तिमल्सिनाः पुरस्कारमा ह्याट्रिक, मिल्दैछ ब्याक टु ब्याक सफलता

सिईओ तिमल्सिनाः पुरस्कारमा ह्याट्रिक, मिल्दैछ ब्याक टु ब्याक सफलता

काठमाडौं । यो शीर्षक कुनै बढाइचढाइ होइन । निजी क्षेत्रमा जस्तो सहकारी क्षेत्रमा हल्लाखल्ला बढी हुँदैन । त्यो स्तरको मिडिया 'कभरेज' र 'हाइप' हुँदैन । तर, सहकारी अभियानका लागि भने पछिल्लो समय उहाँ तारिफयोग्य बन्दै हुनुहुन्छ । 'ब्याक टु ब्याक' पुरस्कारले उहाँको कार्यसम्पादनको सही मूल्यांकन गरेको ठहरिन्छ । पछिल्लो तीन वर्षमा उहाँले सहकारी क्षेत्रमा लगातार तीन पुरस्कार प्राप्त गरी 'ह्याट्रिक' पूरा गर्नुभएको छ । 

हो, काभ्रेको श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिपक तिमल्सिनाले यो उपलब्धिलाई कामको सही मूल्यांकन भएको प्रतिक्रिया धिप्री डटकमसँग व्यक्त गर्नुभयो ।

तीन वर्षमा ह्याट्रिक 
तीन वर्षमा तीनवटा मुख्य पुरस्कारका साथ तिमल्सिनाले पुरस्कारहरुको ह्याट्रिक पूरा गर्नुभएको छ । सहकारी क्षेत्रका यो किसिमको उपलब्धि ‘रेयर’ नै मान्नुपर्छ । कर्मको फलको रुपमा सम्मान पुरस्कारको उहाँको यो श्रृङ्खला २०८१ सालबाट शुरु भएको हो । २०८१ चैत्र २० गते ६८औं राष्ट्यि सहकारी दिवसको अवसरमा उहाँ काभ्रेको पनौती नगरपालिकाद्धारा उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित हुनुभएको थियो ।

अर्को वर्ष २०८२ असोज ४ गते जिल्ला सहकारी संघ काभ्रेको ४४औं वार्षिक साधारणसभा तथा ५८औ स्थापना दिवसको अवसरमा काभ्रे जिल्लाको सर्वोत्कृष्ट सहकारी कर्मचारी पुरस्कार २०८२ बाट तिमिल्सिनालाई सम्मानित गरिएको थियो । त्यसबेला उहाँलाई दश हजार नगदसहित दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो ।

र, यो वर्ष २०८३ साउन १३ गते बागमती प्रोस्कूनको छैटौं वार्षिकोत्सव तथा सातौं स्थापना दिवसको अवसरमा तिमिल्सिना ‘उत्कृष्ट व्यवस्थापक सम्मान–२०८३’ बाट सम्मानित हुनुभएको छ ।

तीन वर्षमा तीन महत्वपूर्ण पुरस्कार प्राप्त गर्नुभएका तिमल्सिनालाई धिप्री डटकमले सोध्यो, ‘कामको मुल्यांकन भएको हो ?’ र, उहाँको उत्तर थियो, ‘त्यही देखियो ।’

bagamati-proscun-samman-1024x768.jpeg
undefined

उमेर कम, उपलब्धि धेरै
राष्ट्रिय युवा नीति २०८२ ले १६ देखि ४० वर्षसम्मलाई युवा मान्दछ । त्यस हिसाबले तिमिल्सिना अझैं युवा वयमै हुनुहुन्छ । ३९ वर्षमा यात्रारत हुनुहुन्छ । कम उमेरमै उहाँले सहकारी क्षेत्रमा निरन्तरको मिहेनत, लगाव र इमान्दारीले सफलता प्राप्त गर्नुभएको छ । संस्थागत, व्यक्तिगत र क्षेत्रगत लक्ष्य अझै टाढा भएपनि सही गन्तव्य र स्पष्ट दृष्टिका कारण उहाँको यात्राले माइलस्टोनहरु बनाउँदैछन् ।

सहकारी क्षेत्रमा २२ वर्ष बिताइसक्नुभएको छ । त्यो पनि एउटै संस्थामा । त्यही संस्थाको एक्लो कर्मचारीका रुपमा प्रवेश गरेर उहाँले आज संस्थालाई उदाहरणीय बनाउनुभएको छ । १० हजार ३ सय ९९ शेयर सदस्यको परिवारको कुल सम्पत्ति १ अर्ब २३ करोड ८८ लाख बढी रहेको छ । श्री नवदुर्गा साकोसलाई सदस्य र समुदायको विश्वासिलो सहकारी बनाउने काममा तिमिल्सिनाले कुशल व्यवस्थापकीय नेतृत्व प्रदान गर्नुभएको छ । त्यसबाहेक, उहाँसँग शैक्षिक योग्यताको पनि गतिलो ब्याकसपोर्ट छ । एमबीएस र एलएलबी पूरा गर्नुभएका उहाँले अधिवक्ताका रुपमा २०८२ पुस ११ गते प्रमाणपत्र समेत लिइसक्नुभएको छ । सहकारी क्षेत्रमै पनि उहाँले थुप्रै तालिमहरु लिइसक्नुभएको छ ।

यति हुँदाहुँदै पनि, ‘लो कि’ मा रहेर कर्मण्ये बाधिकारस्तु मा फलेसु कदाचन भनेझैं काममै तल्लीन रहँदै फलको व्यग्र आशा तिमल्सिनाले गर्नुभएको छैन । थोरै काम बढी हल्लाखल्ला गर्नेहरुको भीडमा हुनुहुन्न तिमल्सिना । शान्त र मिजासिलो स्वभावका तिमिल्सिनाको सोसल मिडिया एटिक्वेट पनि एक्सिलेन्ट पाइन्छ । पनौती नपा वडा नं ९ कै स्थायी बासिन्दा तिमिल्सिनाका एक छोरा, एक छोरी र पत्नी हुनुहुन्छ । 

1785393607-1yFOl.jpg
undefined

सुखद संयोगहरु
तिमिल्सिनाका सफलताहरुसँग केही सुखद संयोगहरु पनि जोडिएका छन् ।

पहिलो संयोग भनेको साउन महिनामा उहाँ बागमती प्रोस्कूनबाट पुरस्कृत हुनुभयो जुन महिनामै उहाँ नवदुर्गा साकोसमा सिईओ हुनुभएको थियो । आजभन्दा १४ वर्षअघि२०६९ साल साउनबाट  तिमिल्सिना श्री नवदुर्गा साकोसको सिईओ नियुक्त हुनुभएको थियो । २०८३ साउन १ गते उहाँ सिईओ भएको १४ वर्ष पूरा भएको छ ।

अर्को, संयोग भनेको उहाँले सहकारी क्षेत्रमा प्राप्त गरेका तीन महत्वपूर्ण पुरस्कारमा जोडिएका निकायहरु । ती पुरस्कारहरुमा स्थानीय सरकार (पनौती नगरपालिका) पनि जोडिएको छ, जिल्लास्तरीय अभिभावक संघ (जिल्ला सहकारी संघ काभ्रे) र प्रदेशस्तरीय अभियान (बागमती प्रोस्कून) । सरकार र अभियान दुबै निकायबाट तिमल्सिना पुरस्कृत हुनुभैसककेको छ । अब उहाँ केन्द्रीय संघबाट पुरस्कृत हुन बाँकी छ ।

अर्को सुखद संयोग भनेको एउटै सहकारीमा करिब २२ वर्षको आवद्धता र तीन वटै पुरस्कार एउटै साकोसको सिईओको रुपमा प्राप्त गर्नु हो, जुन नेपालको सहकारी अभियानमा विरलै पाइन्छ । २०५९र०९र२६ गते स्थापना भएको नवदुर्गा साकोसमा उहाँ २०६१र०७र०१ गते कर्मचारीको रुपमा प्रवेश गर्नुभएको थियो । 

पछिल्लो पुरस्कार
बागमती प्रोस्कूनले आफ्नो छैटौं वार्षिकोत्सव तथा सातौं स्थापना दिवसको अवसरमा तिमिल्सिनालाई ‘उत्कृष्ट व्यवस्थापक सम्मान–२०८३’ प्रदान गर्दै सम्मानित गरेको हो। संघका अध्यक्ष उद्धव सापकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री विनु रायमाझी पौडेलले तिमिल्सिनालाई सम्मानपत्र र कदरपत्र प्रदान गर्नुभएको थियो । तिमिल्सिना लामो समयदेखि सहकारी व्यवस्थापन, संस्थागत सुशासन, प्रविधिमैत्री सेवा विस्तार तथा सदस्यमुखी वित्तीय सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँको कुशल नेतृत्वमा श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाले संस्थागत विकास, वित्तीय अनुशासन, सेवा विस्तार तथा सदस्य सन्तुष्टिका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै बागमती प्रोस्कूनले उहाँलाई उत्कृष्ट व्यवस्थापकका रूपमा छनोट गरेको जनाएको छ।

नवदुर्गा साकोसको वर्तमान अवस्था
काभ्रे जिल्लाको पनौती, बनेपा, धुलिखेल, नमोवुद्ध, पाँचखाल, मण्डनदेउपुर नगरपालिका, खानिखोला र बेथानचोक गा.पा ५ न.पा र २ गा.पा.कार्यक्षेत्र रहेको श्री नवदुर्गा साकोसमा हाल १० हजार ३ सय ९९ शेयर सदस्य आवद्ध छन् भने कुल सम्पत्ति कूल सम्पत्ति १ अर्ब२३ करोड ८८ लाख बढी छ । शेयर पुँजी १० करोड ४८ लाख १५ हजार बढी छ भने कुल बचत रकम ९९ करोड ४५ लाख ६४ हजार बढी तथा ऋण लगानी ८८ करोड ९९ लाख ४९ हजार बढी छ । कूल संस्थागत पुँजी ७ करोड ५९ लाख २७ हजार बढी रहेको संस्थाको तरलता हाल ३१ प्रतिशत छ । करिब ५८ प्रतिशत सदस्य नियमित बचतमा आवद्ध छन् ।

760566896_122140733751081419_5899767603402984332_n.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार