Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

शिक्षकमाथि बल प्रयोग गर्ने र धम्क्याउने काम भैरहेको छ: शेखर कोइराला

शिक्षकमाथि बल प्रयोग गर्ने र धम्क्याउने काम भैरहेको छ: शेखर कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले आन्दोलनरत शिक्षक माथि बल प्रयोगको घटनाको निन्दा गर्नुभएको छ । उहाँले स्थानीय तहमार्फत शिक्षकहरूलाई धम्क्याउने काम भइरहेको भन्दै त्यसको पनि विरोध गर्नुभएको छ ।

आन्दोलनको एक महिनासम्म माग सम्बोधन नगरेर दमन गर्नु कुशासनको उदाहरण भएको उहाँको भनाइ छ ।  ‘शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भयो। पठन(पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ,’ कोइरालाले आज सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरुमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुसाशनको अर्को उदाहरण हो।’

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू चैत २० देखि राजधानी केन्द्रित आन्दोलनमा छन् । आइतबार झडप हुँदा ६० जना शिक्षक घाइते भएको नेपाल शिक्षक महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार