Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

वनकाली धर्मशालाको पर्खाल र परिसर निर्माण जतिसक्दो छिटो सम्पन्न गर्छौं: सुनिता डंगोल

वनकाली धर्मशालाको पर्खाल र परिसर निर्माण जतिसक्दो छिटो सम्पन्न गर्छौं: सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पशुपति क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक तथा सामाजिक महत्वका स्थानमध्ये धर्मशाला पनि महत्वपूर्ण रहेको बताउनुभएको छ ।

आइतबार पशुपति क्षेत्रस्थित वनकाली धर्मशालाको पर्खाल तथा परिसर निर्माणको शिलान्यास पछि सञ्चारकर्मीसँग उहाँले धर्मशालाको पर्खाल र परिसर निर्माणको काम जतिसक्दो छिटो सम्पन्न गर्ने तयारीमा महानगरपालिका रहेको जानकारी गराउनुभयो ।

‘पशुपति क्षेत्रमा थुप्रै महत्वपूर्ण ऐतिहासिक, धार्मिक र सँगसँगै सामाजिक ठाउँहरु रहेका छन् । त्यसमध्ये एकदमै महत्वपूर्ण ठाउँ भनेको धर्मशाला पनि हो,’ उहाँले भन्नुभयो,  ‘पशुपति दर्शन गर्न आउनुहुने धेरै दर्शनार्थीहरु कुनै होटलमा भन्दा पनि यही पशुपतिकै क्षेत्रभित्र बस्न पाउँदा, धार्मिक आस्था भएका थुप्रै व्यक्तिहरुका लागि यो एउटा एकदमै महत्वपूर्ण कुराका रुपमा लिने गरिन्छ ।’

पशुपति दर्शनका लागि आउने दर्शनार्थी तथा धार्मिक आस्था भएका व्यक्तिहरूका लागि पशुपति क्षेत्रभित्रै बस्न पाउने व्यवस्था महत्वपूर्ण हुने भन्दै उहाँले  धर्मशालालाई व्यवस्थित बनाउनु आवश्यक रहेको बताउनुभयो । डंगोलले धर्मशालाको पर्खाल र परिसर निर्माणको काम जतिसक्दो छिटो सम्पन्न गर्ने तयारीमा महानगरपालिका रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पशुपति दर्शनमा आउनुहुने धेरै धर्मावलम्बीहरुका लागि यो एकदमै महत्वपूर्ण हुनेछ भन्ने विश्वासका साथ काठमाडौँ महानगरपालिकाले यो निर्माण कार्यलाई अघि बढाएको छ । हामी समयमै वा समयभन्दा अझ अगाडि नै सकाउने तयारीमा छौँ ।’

डंगोलका अनुसार धर्मशाला पर्खाल तथा परिसर निर्माणको योजना एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सम्भव भएसम्म आगामी चैत महिनामै निर्माण सम्पन्न गर्ने तयारी महानगरपालिकाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार