Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाको लक्ष्य: १५०० नयाँ सदस्य, ६० करोड कुल सम्पत्ति

निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाको लक्ष्य: १५०० नयाँ सदस्य, ६० करोड कुल सम्पत्ति

काठमाडौं । कञ्चनपुरस्थित निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि. को आर्थिक वर्ष २०८२/०८३ को समीक्षा तथा २०८३/०८४ को नीति, योजना र कार्यक्रम २०८३ श्रावण २३ र २४ गते सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डम्बर दत्त भट्टको अध्यक्षता तथा सहकारी विज्ञ एवम् नेफ्स्कूनका पूर्व प्रमुख कार्यकारी अधिकृत कुबेर निरौलाको प्रशिक्षणमा दुई दिन सम्म सन्चालन भएको समीक्षा गोष्ठीमा ४५ करोडको सम्पत्तिलाई २०८३/०८४ मा  १५०० जना नयाँ सदस्य आवद्ध गराई ६० करोडको सम्पत्ति पुर्‍याउने लक्ष्य राखिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम सिंह भाट ले जानकारी गराउनुभयो ।

390dea05-7f42-4a17-a771-e20a7dfd8c33.jpg
undefined

सहकारी सस्थाका संचालक ,लेखा सुपरिवेक्षण समिति , धितो मूल्यांकन समिति, ऋण समितिकाका पदाधिकारी एव कर्मचारी सम्मलित गोष्ठीमा खराब ऋण असुलीका लागि कानूनी प्रयास, सम्पत्ति शुद्धीकरण ऎन कार्यान्वयन, सदस्यबाट नियमित बचत संकलन एवं वित्तीय साक्षरता र सहकारी शिक्षा सहित सहकारीका ७ वटा विश्वव्यापी सिद्धान्त कार्यान्वयनका  लागि कार्यक्रम तय गरी अघि बढ्न लागेको संस्थाका उपाध्यक्ष पवन चन्द्र लेखकले बताउनु भयो ।

ed662b68-bdfe-4b87-bd61-4e94f0808d9f.jpg
undefined

चालु आर्थिक बर्षको निति योजना र कार्यक्रम तर्जुमाका लागि दुई दिन सम्म सन्चालन गरिएको कार्यशालामा जोखिम व्यवस्थापन अन्तर सहकारी सम्बन्धलाई अझ सुदृढ गरी सामुहिक शिक्षा, सामुहिक तालिम, सबै सहकारीका सन्चालक, कर्मचारीहरुका लागि सहभागितामूलक लागतमा सन्चालन गर्ने योजना रहेको संस्थाकी प्रबन्धक बबिता चन्दले बताउनुभयो ।

7f18e954-cb0d-435b-9d73-6d785e35b46d.jpg
undefined

'यस पटकको समीक्षा विशेष छ, हामीले सहकारी भित्र संचालकका लागि, कर्मचारीका लागि, शेयर सदस्यका लागि हुने गरी आचारसंहिता समेत निर्माण गरेका छौं,  यसैगरी, ७ किलोमिटर भित्रका सबै सेवा केन्द्र लाई एकीकृत गर्दै सदस्यहरुकाई घर दैलोमानै सेवा दिन फिल्ड कर्मचारीलाई अझ बढी जिम्मेवार बनाउने र ऋणका लागि मात्र सदस्यले संस्थामा आउनु पर्ने वातावरण तयार गर्नेछौं,' प्रमुख कार्यकारी अधिकृत प्रेम सिंह भाटले बताउनुभयो ।

27b17457-ec6d-47ed-b1f4-5605f9358295.jpg
undefined
3d0deadb-a006-47ec-ac1f-0c48296196ce.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार