काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले सरकारले जारी गरेको राष्ट्रिय सदाचार नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कानुनी तथा संस्थागत प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले सदाचार नीतिको आवश्यकता र कार्यान्वयनका विषयमा लामो समयदेखि गरेको छलफलपछि समितिको पहलमा नीति जारी भएको उल्लेख गर्दै त्यसको पूर्ण कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराएको हो।
समिति सभापति कृष्णप्रसाद पौडेलका अनुसार नीतिलाई व्यवहारमा उतार्न चालु अधिवेशनमै ‘सदाचार ऐन’ सम्बन्धी विधेयक संसद्मा प्रस्तुत गर्न सरकारलाई भनिएको छ। त्यसैगरी सरकारी तथा सम्बन्धित सबै निकायमा तत्काल सदाचारसम्बन्धी फोकल पोइन्ट तोक्न निर्देशन दिइएको छ।
समितिले प्रत्येक निकायमा आवश्यक आचारसंहिता तयार गरी लागू गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरेको छ। सदाचारको अवधारणालाई प्रारम्भिक तहबाटै संस्थागत गर्न विद्यालयको पाठ्यक्रममा ‘सदाचार शिक्षा’ समावेश गर्नुपर्नेमा समेत समितिले जोड दिएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com