काठमाडौं । जन बहालस्थित सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारत सरकारले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको छ । बुधवार बिहान भारतको तर्फबाट नेपालस्थित भारतीय दूतावासले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको हो ।
२०७२ सालमा भूकम्पले क्षति पुर्याएको सेतो मच्छिन्द्रनाथको मन्दिर पुरातत्त्व विभागबाट स्वीकृति भएर भारत सरकारको सहयोगमा निर्माण भइरहेको छ । मन्दिर पुनः निर्माण २०७७ साल माघ २९ गतेदेखि पुनः निर्माण कार्य भइरहेको छ ।
हालसम्मको मन्दिरको भौतिक प्रगति ७५ प्रतिशत रहेको र वित्तीय प्रगति ४२।१८ प्रतिशत रहेको बताइएको छ । तत्कालीन समयमा लागत अनुमान गर्दा चाँदीको आसन लगायतका कार्यहरू समावेश नभएकाले चाँदीको आसन राख्नको लागि २०४ किलोग्राम चाँदी दान गरिएको हो ।
चाँदीको लागि भारत सरकारबाट ३९ लाख १० हजार बराबरको रकम स्वीकृत भएको थियो । अब चाँदीको आसनको बुट्टा कुँदेर मन्दिरमा राख्ने प्रक्रिया अघि बढाइने बताइएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com