Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
तरहरामा राष्ट्रियव्यापी खुल्ला कविता प्रतियोगिता

अविनाश भट्टराईको कविता ‘झ्यालको सौन्दर्यशास्त्र’ले प्राप्त गर्यो ५१ हजार एक सय

अविनाश भट्टराईको कविता ‘झ्यालको सौन्दर्यशास्त्र’ले प्राप्त गर्यो ५१ हजार एक सय

काठमाडौं । सुनसरीको इटहरी-२० तरहरामा बैशाख १२ गते शुक्रबार सम्पन्न तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता २०८२ मा कवि अविनाश भट्टराई प्रथम हुनुभएको छ । उहाँको ‘झ्यालको सौन्दर्यशास्त्र’कविताले प्रथम पुरस्कार प्राप्त गरेको छ। मनु मञ्जिल, ठाकुर बेलवासे, बद्री भिखारी सहितको निर्णायक टोलीले भट्टराईको कवितालाई सर्वोत्कृष्ट ठहर्याएको हो । श्री जनसहयोग २०५० समूह तरहराले आयोजना गरेको प्रतियोगितामा प्रथम हुने कवि भट्टराईलाई नगद ५१ हजार एक सयसहित पुरस्कृत गरिएको थियो।

‘स्व. नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुला कविता प्रतियोगिता–२०८२’ का ४ सय ६ कविता प्राप्त भएका थिए । ती कवितामध्ये मध्ये १० उत्कष्ट छनौट गरी  वाचनसहित अन्तिम प्रतिस्पर्धामा गरिएको थियो। 

प्रतियोगितामा खोटाङका कवि शुभचन्द्र राईको ‘आशा’ शीर्षकको कविता द्धितीय, रसुवाकी कवि एलिसा एकलासको ‘पृथ्वीको अन्तिम रूख’ तृतीय,  सप्तरीकी रोमा लम्साल नुराको ‘मानिसलाई रूखको अन्तिम प्रश्न’ र दैलेखका दीपिन सिजापतीको ‘सङ्घर्ष र सङ्कल्प’ सान्त्वना घोषित भए ।

यसैगरी द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार ९दुई जनालाई० क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार एक सय प्रदान गरियो।

उत्कृष्ट १० मा छनोट गोरखाका निशान निष्कर्षको ‘प्रकृतिको व्यायामशालामा आमा,’ सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘अनि खतरा बन्छ अक्षर,’ सिन्धुपाल्चोककी डा. स्मिता श्रेष्ठको ‘ईश्वरलाई अपिल,’ इलामका सुवास राई बाङ्देलको ‘ईश्वर भेटिएको वक्तव्य,’ र धनकुटाका अनिल सुवेदीको ‘भगवानको म्याराथुन’ शीर्षकको कवितालाई प्रमुख अतिथि अग्रज कवि एवम् संस्कृतिविद् तुलसी दिवसले नगद पाँच हजार एक सयसहित पुरस्कृत गर्नुभयो।

नेपालमै सबैभन्दा बढी पुरस्कार राशिको कविता प्रतियोगिता सम्पन्न गरिएको आयोजक जनसहयोग २०५० समूहले जनाएको छ ।  श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका समूहले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार