Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
वैशाख १६-तेस्रो राष्ट्रिय लेखक दिवस

राष्ट्रिय लेखक पुरस्कार तथा मानार्थ सदस्य सम्मान प्रदान गरिदैं

राष्ट्रिय लेखक पुरस्कार तथा मानार्थ सदस्य सम्मान प्रदान गरिदैं

काठमाडौं । नेपाली लेखक संघ केन्द्रीय कार्यसमितिले भोलि वैशाख १६ गते तेस्रो राष्ट्रिय लेखक दिवस मनाउँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने लेखक दिवसमा राष्ट्रिय लेखक पुरस्कार तथा मानार्थ सदस्य सम्मान प्रदान गरिने संघले जनाएको छ ।  नेपाली लेखक संघले लाइब्रेरी पर्व को दिन पारेर हरेक वर्ष बैशाख १६ लाई राष्ट्रिय लेखक दिवसको रुपमा मनाउने निर्णय गरेको हो ।

नेपाली लेखक संघले जारी गरेको प्रेस विज्ञप्ति अनुसार भोलि आख्यानकार ध्रुवचन्द्र गौतमलाई १ लाख रुपियाँ नगद राशी सहितको ‘राष्ट्रिय लेखक पुरस्कार २०८२’ प्रदान गरिनेछ भने मानार्थ सम्मान वरिष्ठ कवि बैरागी काइँलालाई प्रदान गरिनेछ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे प्रमुख अतिथि रहनुहुनेछ।

१९८७ बैशाख १६ गते सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय स्थापना गर्ने उद्देश्यले ४५ जना कवि, लेखक एवम बुद्धिजीवीहरुले हस्ताक्षर गरी तत्कालीन श्री ३ भीम शमशेर समक्ष निवदेन पेश गर्दा श्री ३ महाराजले उक्त निवेदनमा हस्ताक्षर गर्ने सबै युवालाई दरबार बोलाउन लगाई दण्डित गरेको दिन । सोही दिनलाई मुलुकको इतिहासमा पुस्तकालय पर्वका रुपमा समेत मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार