Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

एक्सेस सिल्भर ब्राण्डको ह्याट्रिक: जनउत्थानका लागि अझ उच्च मापदण्डतर्फको प्रेरणा

एक्सेस सिल्भर ब्राण्डको ह्याट्रिक: जनउत्थानका लागि अझ उच्च मापदण्डतर्फको प्रेरणा

जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. का लागि सन् २०२६ विशेष उपलब्धिको वर्ष बनेको छ। अन्तर्राष्ट्रिय स्तरको एक्सेस (ACCESS) स्तरीकरण कार्यक्रममा लगातार तेस्रो पटक एक्सेस सिल्भर ब्राण्ड (ACCESS Silver Brand) प्राप्त गर्दै संस्थाले उल्लेखनीय ‘ह्याट्रिक’ हासिल गरेको छ। नेपालमा रहेका साकोसहरूमध्ये अन्तर्राष्ट्रिय एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्ने एकमात्र सहकारीका रूपमा यो उपलब्धि संस्थाका शेयर सदस्य, सञ्चालक, कर्मचारी, समिति तथा उपसमिति र समग्र जनउत्थान परिवारका लागि गौरव र खुसीको विषय बनेको छ।

जनउत्थान साकोसको एक्सेस यात्राको सुरुवात सन् २०१८ बाट भएको हो। त्यसयता संस्थाले संस्थागत सुशासन, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन, सदस्य सेवा, पारदर्शिता तथा व्यवसायिक दक्षतालाई निरन्तर प्राथमिकतामा राख्दै आएको छ। यही निरन्तर सुधारको यात्राले आज अन्तर्राष्ट्रिय स्तरमा संस्थाको पहिचान थप मजबुत बनाएको छ। यसबाहेक संस्थाले सहकारी क्षेत्रसँग सम्बन्धित विभिन्न स्थानीय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका पुरस्कार तथा सम्मानसमेत प्राप्त गरिसकेको छ।

WhatsApp Image 2026-08-23 at 10.44.25 (2).jpeg
undefined

उपलब्धिको आधारः रणनीति, अनुशासन र सामूहिक मेहनत
यो उपलब्धि कुनै एक वर्षको प्रयासको परिणाम मात्र होइनस संस्थाले अवलम्बन गर्दै आएको रणनीतिक योजना, निरन्तर सुधार, कर्मचारीको दिनरातको मेहनत, सञ्चालक समितिको सहयोग, समिति तथा उपसमितिको अथक प्रयास र सदस्यहरूको अनुशासित तथा नियमित कारोबारको सामूहिक प्रतिफल हो। वित्तीय संस्थाको वास्तविक शक्ति केवल तथ्यांकमा होइन, सदस्यको विश्वास, संस्थाको प्रणाली र दीर्घकालीन दृष्टिकोणमा हुन्छ भन्ने मान्यताका साथ जनउत्थानले आफ्नो यात्रा अघि बढाइरहेको छ।

नाफाभन्दा पहिले सदस्यको सुविधा र सेवा
जनउत्थान साकोसको मूल दर्शन केवल नाफा आर्जन गर्नु होइनस सदस्यलाई सुरक्षित, सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै उनीहरूको आर्थिक तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो। यही कारण संस्थाले ऋण सेवामा लाग्ने प्रशासनिक शुल्क नलिने र नयाँ सदस्य प्रवेश गर्दा प्रवेश शुल्क नलिने नीति अवलम्बन गरेको छ। सदस्यले संस्थासँग जोडिएको प्रत्येक चरणमा अपनत्व र सेवा अनुभव गर्न सकून् भन्ने उद्देश्यले ‘गर्भदेखि स्वर्गसम्म’ विभिन्न सदस्य सेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सदस्यको बचतको सुरक्षा, सुरक्षित तथा उत्पादनशील क्षेत्रमा ऋण लगानी, उद्यमशीलता प्रवर्द्धन र आयआर्जनका अवसर सिर्जना गर्दै सदस्यको आर्थिक अवस्था उकास्नु जनउत्थानको मूल प्राथमिकता हो। त्यसैले संस्थाको वित्तीय प्रगति स्वयं लक्ष्य होइनस त्यो सदस्यको जीवनमा थप सुविधा, सुरक्षा र समृद्धि पुर्‍याउने माध्यम हो।

WhatsApp Image 2026-08-23 at 10.44.25.jpeg
undefined

वित्तीय अनुशासनसँगै सुदृढ बन्दै गएको संस्थागत आधार
आर्थिक वर्ष २०८२/८३ को अवधिमा जनउत्थान साकोसले आफ्नो वित्तीय आधार थप विस्तार गरेको छ। उपलब्ध वित्तीय विवरणअनुसार २०८२/२०८३ को पहिलो महिना अर्थात् श्रावणको अवस्थाबाट २०८३ आषाढ मसान्त सम्म आइपुग्दा कुल सम्पत्ति, शेयर पुँजी, बचत संकलन, ऋण लगानी, तरलता तथा सदस्य संख्यामा उल्लेखनीय वृद्धि भएको देखिन्छ।

वित्तीय अवस्थाको आधार (२०८२/०४/३१ सम्म)

Image-1.jpg
undefined


 वित्तीय प्रगति : २०८२//३१ देखि २०८३/०३/३२ सम्म

सूचक

२०८२//३१

२०८३/०३/३२

परिवर्तन

कुल सम्पत्ति

रु. ४,४४,७३,१५,४५६

रु. ४,८१,६०,७९,८८२.७५

८.२९% वृद्धि

शेयर पुँजी

रु. २५,५९,५२,९००

रु. ३१,२२,९९,०००

२२.०१% वृद्धि

बचत संकलन

रु. ३,४६,३१,२९,३२३

रु. ३,९८,२२,४८,१४७.५७

१४.९९% वृद्धि

ऋण लगानी

रु. ३,३४,९९,५९,४६९

रु. ३,६३,७८,३९,६३६.६३

८.५९% वृद्धि

तरलता

रु. ८६,९७,०१,२५२

रु. १,०६,७३,१२,९९६.४१

२२.७२% वृद्धि

सदस्य संख्या

३९,६९०

४४,३७०

४,६८० थप

ऋणी संख्या

१०,८८३

११,४७०

५८७ थप

उपरोक्त तथ्यांकले संस्थाको वित्तीय विस्तारसँगै सदस्य आधारसमेत उल्लेखनीय रूपमा बढेको देखाउँछ। विशेषतः बचत संकलनमा करिब १५ प्रतिशत, शेयर पुँजीमा करिब २२ प्रतिशत र तरलतामा करिब २३ प्रतिशत वृद्धि हुनु संस्थाको वित्तीय क्षमता र सदस्यको विश्वास सुदृढ हुँदै गएको संकेत हो। सदस्य संख्या ३९,६९० बाट ४४,३७० पुगेको तथ्यले पनि संस्थाप्रतिको आकर्षण र अपनत्व विस्तार भइरहेको देखाउँछ।

.. २०८२/८३ को अन्त्यसम्मको संस्थागत वित्तीय अवस्था

2.jpg
undefined

 


सदस्य सेवा नै हाम्रो पहिचान
जनउत्थानको वित्तीय यात्राको केन्द्रमा सदस्य छन्। सदस्यको बचतलाई सुरक्षित राख्ने, उत्पादनशील तथा सुरक्षित क्षेत्रमा ऋण परिचालन गर्ने र ऋणमार्फत उद्यम, व्यवसाय तथा आयआर्जनका अवसर सिर्जना गर्ने कार्यलाई संस्थाले निरन्तर प्राथमिकता दिँदै आएको छ। वित्तीय सेवासँगै गर्भवती भेटघाट, सुत्केरी भेटघाट बिद्यालय प्रारम्भ  सम्मान , चेली बिदाइ तथा नयाँ बुहारी स्वागत, प्राणघातक रोगी भेटघाट, प्राकृतिक प्रकोप राहत र सदस्य  मानो राहत ,सदस्य बिमा कर्यक्रम वितरणजस्ता सामाजिक तथा सदस्य सेवा कार्यक्रमले संस्थाको सदस्यकेन्द्रित चरित्रलाई थप स्पष्ट पार्छन्।

यस अर्थमा जनउत्थान साकोसका लागि ‘सहकारी’ भनेको केवल बचत र ऋणको कारोबार होइनस सदस्यको सुख-दुःखमा साथ दिने, परिवारको आर्थिक आधार बलियो बनाउने र समुदायमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्था हो।

SACCOS Strengthening Program: संस्थागत सुदृढीकरणको अर्को महत्वपूर्ण कदम
सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका तरलता व्यवस्थापन, ऋण जोखिम न्यूनीकरण र सदस्य तथा उद्यमीलाई प्रभावकारी परामर्श दिने दक्ष जनशक्तिको आवश्यकतालाई ध्यानमा राख्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। (नेफ्स्कून), जर्मन संस्था DSIK र जनउत्थान साकोसबीच ‘SACCOS Strengthening Program’  सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरिएको छ।

कार्यक्रमअन्तर्गत DSIK जर्मनीबाट प्राविधिक तथा संस्थागत सहयोग, नेफ्स्कूनबाट समन्वय तथा सहजीकरण र जनउत्थान साकोसबाट प्रत्यक्ष कार्यान्वयन हुनेछ। वित्तीय सुशासन, तरलता व्यवस्थापन, जोखिम व्यवस्थापन, प्रभावकारी ऋण व्यवस्थापन तथा सदस्यहरूको व्यावसायिक दक्षता अभिवृद्धिका लागि विभिन्न तालिम तथा परामर्श सेवाहरू सञ्चालन गरिनेछन्। यसले संस्थाका कर्मचारी तथा व्यवस्थापनको क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरका उद्यमी तथा सदस्यलाई उचित वित्तीय र व्यावसायिक परामर्श दिन सक्ने दक्ष जनशक्ति विकासमा योगदान पुर्‍याउनेछ।

११.८० करोड नाफा, तर लक्ष्य सदस्यको समृद्धि
आ.व. २०८२/८३ मा संस्थाले करिब रु.११.८० करोड नाफा आर्जन गर्न सफल भएको छ। संस्थाले नियमअनुसार १० प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्तावसहित आगामी २०८३ असोज १० गते साधारण सभा आयोजना गर्दैछ। तर जनउत्थानका लागि नाफा अन्तिम लक्ष्य होइन। नाफा संस्थाको स्थायित्व, पूँजी सुदृढीकरण र सदस्यलाई अझ राम्रो सेवा दिन सक्ने क्षमता निर्माण गर्ने आधार हो।

आजको वित्तीय प्रगतिलाई भोलिका दिनमा सदस्यको अझ सुरक्षित बचत, सहज वित्तीय सेवा, उत्पादनशील ऋण, उद्यमशीलता र आयआर्जनसँग जोड्ने संस्थाको प्रतिबद्धता छ। ४४,३७० शेयर सदस्यको बचतको सुरक्षा र विश्वासलाई पहिलो प्राथमिकतामा राख्दै सदस्यको आर्थिक स्थिति उकास्ने अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाइनेछ।

आगामी यात्रा: अझ बलियो संस्था, अझ समृद्ध सदस्य
ACCESS Silver Brand को ह्याट्रिक जनउत्थानका लागि अन्त्य होइन, अझ उच्च मापदण्डतर्फ अघि बढ्ने प्रेरणा हो। संस्थागत सुशासन, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन, प्रविधिको प्रभावकारी प्रयोग, कर्मचारी क्षमता विकास र सदस्यकेन्द्रित सेवामा निरन्तर सुधार गर्दै जनउत्थानले आगामी दिनमा अझ बलियो र विश्वसनीय साकोस बन्ने लक्ष्य लिएको छ।

हामी विश्वास गर्छौं-संस्थाको सफलता तब मात्र सार्थक हुन्छ, जब त्यसको प्रत्यक्ष अनुभूति सदस्यको जीवनमा हुन्छ। त्यसैले जनउत्थानको आगामी यात्रा पनि ‘नाफाका लागि मात्र होइन, सदस्यको सुविधा, सुरक्षा, समृद्धि र सम्मानका लागि’ हुनेछ। यही प्रतिबद्धताका साथ जनउत्थान साकोसले आफ्नो यात्रा ‘गर्भदेखि स्वर्गसम्म’ सदस्यको साथ, विश्वास र सेवामा निरन्तर अघि बढाइरहनेछ।

“सदस्यको विश्वास हाम्रो पूँजी, सदस्यको समृद्धि हाम्रो लक्ष्य र उत्कृष्ट सेवा हाम्रो पहिचान।”

WhatsApp Image 2026-08-23 at 10.44.25 (1).jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार