Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

राष्ट्रिय सहकारी महासंघद्वारा बाढी प्रभावितहरुको उद्दार, राहत तथा पुनःस्थापनामा जुट्न अपिल

राष्ट्रिय सहकारी महासंघद्वारा बाढी प्रभावितहरुको उद्दार, राहत तथा पुनःस्थापनामा जुट्न अपिल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीका कारण डुबानमा परी भएको मानवीय क्षति, धनजनको नोक्सानी तथा जनजीवनमा परेको असरप्रति गहिरो दुःख व्यक्त गर्दै बाढी प्रभावित क्षेत्रमा उद्दार, राहत तथा पुनःस्थापनामा एकजुट भई सहयोग गर्न आग्रह गरेको छ ।

महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलद्वारा विज्ञप्ति जारी गरी यस दुःखद घडीमा बाढी प्रभावित क्षेत्रमा उद्दार, राहत तथा पुनःस्थापनामा सरकार, स्थानीय तह तथा सम्पूर्ण सहकारी संघ र संस्था तथा सहकारी अभियान एकजुट भई सहयोग गर्न हार्दिक अपिल गरिएको छ ।

यसैगरी, महासंघले प्राकृतिक विपदमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकहरुप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना  समेत गरेको छ ।

WhatsApp Image 2026-08-26 at 19.49.39.jpeg
undefined

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार