Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

प्रधानमन्त्री शाह र पूर्वाधार विकास मन्त्री लम्साल बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री शाह र पूर्वाधार विकास मन्त्री लम्साल बाढी प्रभावित क्षेत्रमा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणमा जानुभएको छ । प्रधानमन्त्री शाहसँगै  पूर्वाधार विकास  मन्त्री सुनिल लम्साल समेत सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँहरु बिहान ९ स् ३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक, विदुरतर्फ प्रस्थान गर्नुभएको हो ।

​भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधार मन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नुहुनेछ ।

साथै, सम्पूर्ण प्रभावित क्षेत्रहरूमा द्रुत गतिमा राहत पुर्‍याउन र पूर्वाधार पुनर्निर्माणको कामलाई तीव्रता दिन उनीहरूले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको बताइएको छ। 

​हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा क्षति पुर्‍याउनासाथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका छन्। 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार