काठमाडौं । खिचापोखरी, न्यूरोडस्थित श्री गोरखकाली बहुउद्देश्यीय सहकारी संस्था लि. ले रसुवा बाढीको वितण्डाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितहरुको सहयोगमा सामाजिक एवम् संस्थागत अग्रसरता देखाएको छ । संस्थाका अध्यक्ष कृष्ण धितालले आज अपिल जारी गरी राष्ट्रिय विपत्तिमा सहयोग गर्नु सामाजिक एवम् संस्थागत दायित्व बहन गर्दै ५० हजार रुपैयाँ योगदान गर्ने निर्णय गरेको उल्लेख छ ।
विज्ञप्तिमा अध्यक्ष धितालले यस अवस्थामा राज्य, नियामक निकाय, राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकको कदममा हातेमालो गर्नु संस्थाको परम सामाजिक तथा संस्थागत दायित्व भएको उल्लेख गर्नुभएको छ । उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय भएको उहाँले उल्लेख गर्नुभएको छ ।
साथै संस्थाले शेयर सदस्य, शुभेच्छुक तथा विभिन्न संघ संस्था निकायहरुलाई समेत आ आफ्नो ठाउँबाट स्वेच्छिक रुपमा राहत कोषमा योगदान तथा अन्य किसिमको सहयोग गरी राष्ट्रिय संकटको विषम घडीमा हातेमालो गर्न समेत संस्थाले अपिल जारी गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com