काठमाडौं । संकटको बेला सहकारीको भूमिकालाई चरितार्थ गर्दै कैलालीस्थित समुदायमा आधारित एवम् सदस्य केन्द्रित किसान बहुउद्देश्यीय सहकारी संस्था लि.ले सहयोगको हात अघि बढाएको छ । रसुवाको बाढीबाट भएको अकल्पनीय मानवीय एवम् भौतिक क्षतिप्रति अन्तन्त दुःख प्रकट गदै संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ लाख ५१ हजार रुपैयाँ योगदान गरेको अध्यक्ष सुरेन्द्र कुमार शाह तथा व्यवस्थापक डम्वर कुमार शाहले संयुक्त रुपमा जारी गर्नुभएको अपिलमा उल्लेख छ ।
देशकै उत्कृष्ट सहकारीमध्येको एक किसान बहुउद्देश्यीय सहकारीले राष्ट्रिय विपत्तिको यो समयमा मानवीय सेवामा हातेमालो गर्न सम्पूर्णमा हार्दिक अपिल समेत गरेको छ ।
उक्त सहकारी संस्था लि.ले आफ्नो सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्दै संकटको समयमा सरकार र अभियानको आग्रहप्रति एकाकार गरेको हो । किसान सहकारीले रसुवाको बाढीको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै अझै पनि आफ्ना प्रियजनको खोजी तथा खबरको प्रतीक्षामा रहनुभएका परिवारहरुको पीडा, चिन्ता र दुःखप्रति गहिरो ऐक्यबद्धता प्रकट गरेको छ ।
संस्थाले सञ्चालकहरु, कर्मचारीहरु तथा स्वपुँजीबाट गरी उक्त रकम आर्थिक सहयोग गरेको अध्यक्ष र व्यवस्थापक शाहद्वयले जानकारी गराउनुभएको छ । साथै शेयर सदस्य, शुभेच्छुक तथा विभिन्न संघ संस्था निकायहरुलाई समेत आ आफ्नो ठाउँबाट स्वेच्छिक रुपमा राहत कोषमा योगदान गरी राष्ट्रिय संकटको विषम घडीमा हातेमालो गर्न समेत संस्थाले अपिल जारी गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com