Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

बैतडीको जगन्नाथ महिला सहकारीमा अज्ञात समूहद्वारा तोडफोड र आगजनी, सम्पूर्ण सामान नष्ट

बैतडीको जगन्नाथ महिला सहकारीमा अज्ञात समूहद्वारा तोडफोड र आगजनी, सम्पूर्ण सामान नष्ट

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका–४, शाहिलेकस्थित जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्थामा अज्ञात समूहले तोडफोड र आगजनी गरेको छ । संस्थाको मूल ढोकामा रहेको ताला फोडेर अज्ञात समूहले विहिबार राती तोडफोड गरी आगजनी गरेको हो । तोडफोड र आगजनीमा कार्यालयको सम्पूर्ण सामान नष्ट भएको छ । यसैबीच, प्रहरीले सहकारीको कार्यालय तोडफोड र आगजनी गर्नेको खोजी थालेको छ । प्रहरी निरीक्षक सुरज सिंहको कमाण्डमा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

घटनामा संलग्नहरुको खोजीका विषयमा बुझ्न आज पनि संस्थाका प्रतिनिधिहरु प्रमुख जिल्ला अधिकारीसँग भेट गर्न सिडियो कार्यालय गएको बैतडीबाट धिप्री डटकमलाई जानकारी प्राप्त भएको छ । जगन्नाथ साकोसको कार्यालय एकान्तमा भएको र सीसीटीभी समेत नभएको फाइदा उठाउँदै अज्ञात समूहले आक्रमण गरेको बताइएको छ । यद्यपि, बैंकमा सबै रकम जम्मा गरिएकोले कार्यालयमा नगद भने थिएन । आगजनीका कारण ऋणका कागजात, तमसूक, बैठककका माइन्युट आदि जलेर नष्ट भएका छन् । नेफ्स्कूनको सदस्य जगन्नाथ साकोस स्क्यान कार्यक्रममा समेत आबद्ध छ  ।

लामो इतिहास बोकेको संस्था २०५४ सालमा स्थानीय महिलाहरुकै अगुवाईमा स्थापना भएको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार