काठमाडौं । काभ्रेको बनेपास्थित श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लि. ले सहकारीको सिद्धान्त र मर्मलाई व्यवहारमा परिणत गर्दै देशलाई दुःख परेका बेला सहयोगको हात अघि बढाएको छ । यही भदौं १० गते रसुवामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिले पुर्याएको अपुरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै साकोसले हराइरहेकाहरुको खोज, उद्दार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यका लागि १ लाख ५१ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
संस्थाको सञ्चालक समिति, कर्मचारीहरु तथा संस्थाबाट गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निधो गरेको अध्यक्ष गोपाल प्रसाद घिमिरेद्वारा जारी अपिलमा उल्लेख छ । मानवीय सेवामा हातेमालो गर्ने निर्णय गरेको श्री मनकामना साकोसले राष्ट्रलाई परेका संकटको समयमा सबैलाई सहयोगको अभियानमा जोडिन हार्दिक अनुरोध समेत गरेको छ ।
देशभरका सहकारीहरुले यो संकटपूर्ण समयमा सहयोगको घोषणा गरेका छन् । समुदायमा जरा गाडेका सहकारीहरुले साँच्चिकै सहकारीको मर्मलाई आत्मसात् गरेका छन् । बनेपा ५ घोकेचौर मुख्य कार्यालय रहेको श्री मनकामना साकोस २०५२ सालमा स्थापित समुदायमा आधारित सदस्य केन्द्रित सहकारीका रुपमा परिचित छ ।
संस्थाले जारी गरेको अपिलमा भनिएको छ, '०८३ भाद्र १० गते रसुवा जिल्लामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनुभएका सम्पूर्ण महानुभावहरुप्रति श्री मनकामना सहकारी परिवार हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । साथै, अझैसम्म आफ्ना परिवार खोजी तथा खबरको प्रतिक्षामा रहनुभएका परिवारजनको पीडा, चिन्ता र दुःखप्रति हामी गहिरो ऐक्यबद्धता प्रकट गर्दछौं ।
यस विषम राष्ट्रिय परिस्थितिमा भोटेकोशी नदीमा आएको भीषण तथा आकस्मिक बाढीबाट प्रभावित नागरिकहरुको खोज, उद्दार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यमा सहयोग पुयाउने उद्देश्यले श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकरकर्मचारिहरु तथा संस्थाबाट 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा रु.१ लाख ५१ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरिएको छ ।
यस दुःखद् एवं विपद्को घडीमा प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुयाउन आफ्नो क्षमता र इच्छाअनुसार “ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा अर्थिक सहयोग उपलब्ध गराई मानवीय सेवामा हातेमालो गर्न सम्पूर्णमा हार्दिक अपिल गर्दछौं ।'
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com