काठमाडौं । पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिले रसुवा बाढीले पुर्याएको अकल्पनीय मानवीय एवम् भौतिक क्षतिबाट मर्माहत भएको भन्दै गहिरो दुःख प्रकट गरेको छ । समितिको भदौ ११ गते बसेको कार्य समितिको बैठकले राष्ट्रिय विपत्तिको यस घडीमा पीडामा परेकाहरुको भावनासँग एकाकार गर्दै सहयोगको लागि हात अघि बढाएको छ । समितिले भीषण विपद्का कारण दिवंगत भएकाहरुको परिवारजनलाई धार्मिक संस्कार तथा काजकिरिया सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यका साथ १३ दिनसम्मको काजकिरिया (तेह्रौं) तथा सद्गत सम्बन्धी कार्यका लागि निःशुल्क रूपमा कोठा उपलब्ध गराउने निर्णय गरेको छ । विगतमा कोभिड १९ महामारी तथा महाभूकम्पको समयमा समेत यसरी निशुल्क कोठा उपलब्ध गराएको समितिले यो बेला झन् त्यो सुविधा अत्यावश्यक भएको ठहर गर्दै निर्णय लिइएको विज्ञप्तिमार्फत जनाएको छ ।
यसैगरी, समितिले हरितालिका तीजको अवसरमा विगतका दिनदेखि नियमित सञ्चाल गर्दै आएको दर खुवाउने कार्यक्रम स्थगन गरेको जनाएको छ । विपद्को कठिन घडीमा उत्सव तथा मनोरञ्जनभन्दा मानवीय संवेदना, सहयोग र सहकार्यलाई प्राथमिकता दिनु साझा दायित्व भएको जनाउँदै समितिले तीजका अवसरमा दर खुवाउने कार्यक्रम रद्द गरेको जनाएको हो ।
समितिले दुःखद तथा शोकपूर्ण घडीमा विपदप्रभावितहरुप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरेको छ । यसैगरी, विपत्तिमा साथ दिन पनि सबैमा आग्रह गरेको छ ।
समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हालै रसुवा, धादिङ तथा नुवाकोट लगायतका क्षेत्रमा आएको भीषण बाढी तथा प्राकृतिक विपद्का कारण सयौँ मानिसहरूले ज्यान गुमाउनु परेको, हजारौं मानिसहरू सम्पर्कविहीन तथा विस्थापित भएको र करोडौँ रुपैयाँ बराबरको धनमाल एवं भौतिक संरचनामा ठूलो क्षति पुगेको अत्यन्त दुःखद परिस्थितिप्रति पशुपति भण्डारेश्वर धार्मिक सेवा समिति गहिरो दुःख एवं समवेदना व्यक्त गर्दछ ।
यस दुःखद तथा शोकपूर्ण घडीमा विपद्का कारण ज्यान गुमाउनुहुने सम्पूर्ण दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।
यसै सन्दर्भमा, पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिको मिति २०८३ साल भाद्र ११ गते बसेको कार्य समितिको निर्णय बमोजिम यस भीषण विपद्का कारण ज्यान गुमाउनुहुने व्यक्तिका परिवारजनलाई धार्मिक संस्कार तथा काजकिरिया सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले १३ दिनसम्मको काजकिरिया (तेह्रौं) तथा सद्गत सम्बन्धी कार्यका लागि निःशुल्क रूपमा कोठा उपलब्ध गराउने व्यवस्था गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ ।
विपद्को यस कठिन र पीडादायी घडीमा शोकसन्तप्त परिवारजनको दुःखमा केही सहयोग र साथ पुऱ्याउने उद्देश्यले उक्त निर्णय गरिएको हो । यस सम्बन्धमा आवश्यक पर्ने परिवारजनले पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिसँग सम्पर्क गरी आवश्यक सहयोग लिनुहुन समेत हार्दिक अनुरोध गरिन्छ । शोक सन्तप्त सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना ।'
यसैगरी, तीज कार्यक्रम स्थगतसम्बन्धी समितिको विज्ञप्तिमा भनिएको छ, 'यस विषम तथा पीडादायी परिस्थितिलाई मध्यनजर गर्दै पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिले नियमित रूपमा आयोजना गर्दै आएको हरितालिका तीजको अवसरमा सञ्चालन हुने "तीजको दर खुवाउने कार्यक्रम” संस्थाको मिति २०८३ साल भाद्र ११ गते बसेको कार्य समितिको बैठकको निर्णय बमोजिम स्थगन गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण श्रद्धालु भक्तजन, सहयोगी, शुभेच्छुक तथा सरोकारवालाहरूमा जानकारी गराइन्छ ।
विपद्को यस कठिन घडीमा उत्सव तथा मनोरञ्जनभन्दा मानवीय संवेदना, सहयोग र सहकार्यलाई प्राथमिकता दिनु हामी सबैको साझा दायित्व भएको महसुस गर्दै उक्त निर्णय गरिएको हो। यस निर्णयप्रति सम्पूर्ण महानुभावहरूबाट सहयोग, समझदारी तथा सहकार्य प्राप्त हुने विश्वास लिएका छौँ। विपद्बाट प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना ।'
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com