Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

आफ्ना दुई शेयर सदस्य हराइरहेको चिन्तामा रहेको टल्कु साकोसले गर्यो ५९ हजार सहयोग

आफ्ना दुई शेयर सदस्य हराइरहेको चिन्तामा रहेको टल्कु साकोसले गर्यो ५९ हजार सहयोग

काठमाडौं । दक्षिणकाली नगरपालिका दाउरेचौरस्थित टल्कु बचत तथा ऋण सहकारी संस्थाका दुई शेयर सदस्य रसुवाको बाढीमा सम्पर्कविहिन भएका छन् । भदौ १० गते गोसाईंकुण्ड तीर्थयात्रामा जाने क्रममा भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण वेत्रावती त्रिशूली क्षेत्रबाट संस्थाका शेयर सदस्य (सदस्यता नम्बर१६३१) मैयाँ भण्डारी र शेयर सदस्य (सदस्यता नम्बर १८३०) संजय थापा बेपत्ता हुनुभएको हो । उहाँहरु सँगै सवारीसाधनमा सवार अन्य ८ जना पनि सम्पर्कविहीन रहेको संस्थाले जनाएको छ ।

टल्कु साकोसले आफ्ना शेयर सदस्यसँगै हराइरहनुभएका सबैजना सकुशल भेटिनुहोस् भन्दै खोज तथा उद्धार कार्य शीघ्र सफल होस् भन्ने कामना गरेको छ ।

यसैबीच, दुःखको यस घडीमा बाढी प्रभावितहरुको राहत, खोज तथा उद्धार एवं पुनस्र्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५९ हजार ४२१ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको संस्थाका अध्यक्ष पूर्णबहादुर बलामीले जानकारी गराउनुभएको छ ।

788240160_1556857972568941_2513375380600410936_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार