Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
रसुवा बाढी

कठिन समयमा साथ छौं भन्दै नेचुरल साकोसले गर्यो २ लाख २२ हजार सहयोग

कठिन समयमा साथ छौं भन्दै नेचुरल साकोसले गर्यो २ लाख २२ हजार सहयोग

काठमाडौं । बौद्ध टुसाल मुख्य कार्यालय रहेको समुदायमा आधारित एवम् सदस्य केन्द्रित नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनामा सहयोग गर्ने निर्णय गरेको छ ।

संस्थाले आफ्ना सदस्य, समिति तथा उपसमिति, कर्मचारी र संस्थाको संयुक्त योगदानबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गर्ने जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै नेचुरल साकोसले राष्ट्रिय संकट समाधानमा हातेमालो गरेको हो ।

विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको संस्थाले जनाएको छ। विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाका सचिव विकल्प पाठकले जानकारी दिनुभयो।

संस्थाले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

नेचुरल साकोसले राष्ट्रिय विपत्तिको यस घडीमा सहयोग, सद्भाव र मानवीय सेवाको भावनासहित आआफ्नो स्थानबाट सक्दो सहयोगमा जुट्न सबैमा अपिलसमेत गरेको छ।

785857579_1669213368329732_7081393463909796005_n.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार