Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

सिवाईसी साकोसद्वारा रसुवा बाढीपीडितका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

सिवाईसी साकोसद्वारा रसुवा बाढीपीडितका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले गरेको अकल्पनीय क्षतिबाट मर्माहत बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैंयाँ सहयोग गरेको छ । संस्थाले बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुको राहत र पुर्नस्थापनामा ऐक्यबद्धता जनाई बिपदमा साथ दिदैं उद्धार कोषमा उक्त रकम जम्मा गर्ने प्रतिबद्धता जनाएको छ । संस्थाको सञ्चालक समिति, सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति तथा सम्पूर्ण कर्मचारीको तर्फबाट गरी उक्त सहयोग गरेको जनाएको छ ।

संस्थाले सहकारी संस्था समुदायको सुख दुःखको साथीको हो भन्ने मान्यताले पुर्नस्थापनामा ऐक्यबद्धता जनाउन सहयोग गरेको जनाएको छ ।

बिनासकारी बाढीले रसुवा, नुवाकोट, धादिङ्ग, गोर्खा, चितवन लगायतका जिल्लाहरुमा भएको ठुलो धनजनको क्षतिप्रति संस्था परिवार गहिरो दुःख व्यक्त गर्दै यस प्राकृतिक बिपदमा परि ज्यान गुमाउने मृतकहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै संस्थाले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता ब्यक्तिहरुको खोज तथा उद्धार कार्यमा जुट्न हामी सबैमा हार्दिक अपिल गरेको छ । यसैगरी, आफ्नो स्रोत र सामर्रथ्यले भ्याएसम्म सहयोगमा जुट्न समेत सिवाईसी साकोसले सबैसँग अपिल गरेको छ ।

788602788_2099700953967754_5945410797777948120_n (1).jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार