Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

रसुवा बाढीपीडितहरुको सहयोगमा जुट्यो सीजेएन, दिवंगतहरुको सम्झनामा मैत्रीपूर्ण फुटसल आयोजना

रसुवा बाढीपीडितहरुको सहयोगमा जुट्यो सीजेएन, दिवंगतहरुको सम्झनामा मैत्रीपूर्ण फुटसल आयोजना

काठमाडौं । रसुवा बाढीपीडितहरुको सहयोगका लागि सहकारी क्षेत्रका कलमजीवीहरु पनि संस्थागत रुपमा जुटेका छन् । राष्ट्रिय विपत्तिको यस घडीमा उनीहरुले छाता संगठन–नेपाल सहकारी पत्रकार समाज (सीजेएन) मार्फत आर्थिक सहयोगको थालनी गरेका छन् भने आसन्न स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरी रगत अभाव पूर्तिमा योगदान गर्ने निर्णय गरेका छन् । 

त्यसैगरी, रसुवा विपत्तिको घटनामा दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली एवम् घाइतेहरुको शीघ्र स्वास्थ्यलाभ तथा उद्धार, राहत एवम् पुनर्स्थापनाको सरकारी प्रयासमा हातेमालो गर्न सीजेएनले आग्रह समेत गरेको छ । 

सीजेएनकातर्फबाट अध्यक्ष अर्जुन खतिवडा तथा सचिव माधव खड्काले आज आयोजित सहकारीकर्मी र सञ्चारकर्मीबीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उद्घाटनका क्रममा उक्त याचना गर्नुभएको हो । सीजेएन अध्यक्ष खतिवडाले रसुवा बाढीपीडितहरुको सहयोगार्थ व्यक्तिगत तवरमा १० हजार सहयोगको घोषणा गर्दै संस्थाका पदाधिकारीहरु एवम् सदस्यहरुलाई समेत गच्छे अनुसार सहयोगमा जुट्न तथा रक्तदानमा सहभागी हुन आग्रह गर्नुभयो । यसैगरी, सहकारी अभियानको शीर्ष निकाय राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेक प्रसाद चौलागाई तथा महाप्रबन्धक बाबुकाजी थापाले पनि राष्ट्रिय संकटको घडीमा हातेमालो गर्न आग्रह गर्नुभयो । 

_DSC9791_11zon.jpg
undefined

यसैबीच, सीजेएनले आजका लागि निर्धारित मैत्रीपूर्ण फुटसल प्रतियोगिता पनि रसुवाको बाढीमा दिवंगतहरुकाहरुको सम्झनामा सपमर्पित गरेको छ । फिनएक्स सीबीएसको मुख्य प्रायोजनमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आयोजित फुटसल प्रतियोगितामा सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून एवम् प्रारम्भिक संस्थाहरुको प्रतिनिधित्व रहेको थियो भने सीजेएन कार्यसमिति तथा सदस्यहरु एवम् विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता थियो । काठमाडौंको थापागाउँस्थित रोयल फुट्सलमा आयोजित प्रतियोगितामा प्रत्येक टिममा ५ जना सहभागी रहने गरी ५ टिमबीच प्रतिस्पर्धा गराइएको थियो ।

_DSC9743_11zon.jpg
undefined

सीजेएनको साउन २९ गते बसेको कार्यसमितिको बैठकले फुटसल आयोजनाको निर्णय गरेको थियो भने भदौ १९ गते रक्तदान कार्यक्रम गर्ने घोषणा गरेको थियो । यसैगरी, बैठकले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाउने निर्णय गरेको थियो । फुटसल जस्तो मानसिक एवम् शारिरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने प्रतियोगिताले सहकारी अभियान र सञ्चारकर्मीहरुबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास समेत सीजेएन र सहकारी अभियानको रहेको छ । 

_DSC9886_11zon.jpg
undefined

स्थापना दिवसको तयारीमा रहेको सीजेएनले यो पटकको वार्षिकोत्सवलाई मितव्ययी रुपमा मनाउँदै बाढीपीडितहरुको सहयोगमा आर्थिक योगदान गर्ने आज आयोजित फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रममा अध्यक्ष खतिवडा तथा सचिव खड्काले जानकारी गराउनुभयो । सीजेएनले यही भदौ १९ गते १६औं स्थापना दिवस मनाउँदैछ । लामो इतिहास बोकेको सीजेएनले पहिलो पटक यस प्रकारको मैत्रीपूर्ण खेलकुद कार्यक्रम आयोजना गरेको हो ।

_DSC9883_11zon.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार