Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

संकटमा सहयोगी बन्न श्री स्टार बहुउद्देश्यीय सहकारीले गर्यो ५१ हजार योगदान

संकटमा सहयोगी बन्न श्री स्टार बहुउद्देश्यीय सहकारीले गर्यो ५१ हजार योगदान

काठमाडौं । विराटनगर-१२ स्थित श्री स्टार बहुउद्देश्यीय सहकारी संस्था लि. ले रसुवाको प्राकृतिक विपत्तिको अकल्पनीय क्षतिबाट मर्माहत भएको बताउँदै राष्ट्रलाई परेको संकटमा साथ दिएको छ । श्री स्टार बहुउद्देश्यीयले सहकारी हुनुको जिम्मेवारीबोध गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ संस्थागत सहयोग गरेको छ । विराटनगरको उक्त सहकारीले राष्ट्रिय विपद्को घडीमा सहयोग तथा एक्यबद्धता प्रर्दशन गर्दै सहयोगी हात अघि बढाएको हो । श्री स्टार बहुउद्देश्यीय सहकारी राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेल आवद्ध हुनुभएको प्रारम्भिक संस्था पनि हो ।

नेपाल सरकारले राहत तथा उद्धारका लागि गरेको सहयोग आव्हानलाई आत्मसाथ गर्दै यस विपद्का कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गरेको संस्थाले जनाएको छ ।

व्यवस्थापक हिमा मैनालीले आज जारी गर्नुभएको सूचनामा भदौ १० गते तिब्बतबाट बगेर आउने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा लगायतका प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति श्री स्टार बहुउद्देश्यीय सहकारी संस्था लि. गहिरो दुःख व्यक्त गर्दछ भनिएको छ । विपद्को यस कठिन घडीमा संस्था पनि सहयोगी बन्न ५१ हजार रुपैयाँ योगदान गरिएको उहाँले जनाउनुभएको छ । 

WhatsApp Image 2026-09-01 at 16.25.59.jpeg
undefined

साथै, यस प्राकृतिक विपद्का कारण दिवंगत हुनुभएका नागरिकहरुप्रति हार्दिक श्रदाञ्जली ब्यक्त गर्दै प्रभावित सम्पूर्ण परिवारजनप्रति हार्दिक सहानुभूति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारको सुरक्षित एवं सहज जीवनयापनको कामना समेत श्री स्टार बहुउद्देश्यीय सहकारी संस्थाले गरेको छ । विपदको घडीमा खटिने सुरक्षार्कीहरु, स्वास्थ्यकर्मीहरु, सहकारीकर्मीहरु, जनप्रतिनिधिहिरु, स्वयंसेवकहरु लगायतप्रति संस्थाले उच्च सम्मान व्यक्त गरेको छ ।

WhatsApp Image 2026-09-01 at 16.25.58.jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार