Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

मोरङको महाभारत जेफाले साकोस पनि जोडियो सहयोगमा, ११ हजार बढी योगदान

मोरङको महाभारत जेफाले साकोस पनि जोडियो सहयोगमा, ११ हजार बढी योगदान

काठमाडौं । मोरङको केराबारी २ सिंहदेवी विहिवारेस्थित श्री महाभारत जेफाले बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनामा सहयोग गरेको छ ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै श्री महाभारत जेफाले बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय संकट समाधानमा हातेमालो गरेको हो ।

विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ । विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाले जनाएको छ ।

संस्थाले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

यसैगरी, साकोसले यस दुःखद् र कठिन घडीमा आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत कोषमा सहयोग गर्न सबैमा हार्दिक अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार