Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

कागेश्वरी मनोहराले रसुवा बाढी प्रभावितहरुका लागि ७५ लाख ५५ हजार बढी सहयोग गर्ने

कागेश्वरी मनोहराले रसुवा बाढी प्रभावितहरुका लागि ७५ लाख ५५ हजार बढी सहयोग गर्ने

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको अपूरणीय मानवीय एवम् भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त  गर्दै राहत तथा पुनःस्थापनामा सहयोगको हात अघि बढाएको छ । नगर कार्यपालिकाको दोस्रो बैठकले बाढीमा परी दिवंगत हुनुभएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ । 

यसैबीच, नगरपालिकाले  बाढी प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ७५ लाख ५५ हजार ५ सय ७५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगर प्रमुख, नगर उपप्रमुख तथा वडा अध्यक्षहरूको एक महिना बराबरको सेवासुविधा र अन्य जनप्रतिनिधिहरूको ७ दिनबराबरको सेवासुविधा समावेश गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको छ ।

यस्तै, नगरपालिकाअन्तर्गतको नगर अस्पतालका सम्पूर्ण कर्मचारी र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको २ देखि ७ दिनसम्मको पारिश्रमिक समेत सहयोगमा समेटिएको छ। यसमा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थप रकम समेत जुटाइएको नगरपालिकाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार