Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

चाइना ट्रेड बहुउद्देश्यीय सहकारीद्वारा उद्धार कोषमा १ लाख बढी सहयोग

चाइना ट्रेड बहुउद्देश्यीय सहकारीद्वारा उद्धार कोषमा १ लाख बढी सहयोग

काठमाडौं । राष्ट्रिय संकटको समयमा सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै काठमाडौंको खिचापोखरी न्यूरोडस्थित चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बाढीपीडितका लागि १ लाख ५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ।

भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

संस्थाका सदस्य, सञ्चालक समिति तथा उपसमिति, कर्मचारी र संस्थाको संयुक्त योगदानबाट उक्त सहयोग गरिएको हो । 

संस्थाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सहकारीको मर्म, संकटमा सहकार्य नै हाम्रो धर्म भन्दै उद्धार, राहत तथा पुनर्स्थापनामा थोरै भएपनि सहयोग पुगोस् भनी राष्ट्रिय संकट समाधानमा हातेमालो गरेको बताउनुभयो ।

विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको उहाँले बताउनुभयो ।

संस्थाले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

यसैगरी,चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाले दुःखद् र कठिन घडीमा आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत कोषमा सहयोग गर्न सबैमा हार्दिक अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार