काठमाडौं । नेपाल ज्योतिष परिषद्ले भाद्र १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका दुई लाख तेईस हजार एक सय त्रिचालीस रुपैयाँ सहयोग गरेको छ ।
परिषद्का केन्द्रीय सचिव शिवलाल पौडेलले बुधबार ग्लोबल आइएमई बैँक डिल्लीबजार शाखामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन् ।
नेपाल ज्योतिष परिषद्ले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपद्, महामारी तथा विभिन्न सामाजिक कार्यमा यसअघि पनि राहत तथा सहयोग उपलब्ध गराउँदै आएको केन्द्रीय अध्यक्ष केशवप्रसाद धितालले जानकारी दिनुभयो ।
भाद्र १० गते बुधवार आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको छ ।
नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिले आफना केन्द्रीय समितिका इच्छुक पदाधिकारी सदस्यहरु तथा इच्छुक प्रदेश तथा जिल्ला समितिहरुबाट आएको रकम एकमुष्टरुपमा जम्मा गरेको कोषाध्यक्ष पवित्रा श्रेष्ठले जानकारी दिनुभयो ।
सरकारको अपिलपछि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा निजी क्षेत्र, विभिन्न व्यावसायिक घराना, संघसंस्था तथा व्यक्तिहरूबाट सहयोग रकम जम्मा हुने क्रम जारी छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com