काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले लामो समयदेखि निष्क्रिय १३ सहकारी संस्थाको दर्ता खारेजी प्रक्रिया अघि बढाएको छ।
नगरपालिकाले लामो समयदेखि सञ्चालनमा नरहेका, नियमित साधारणसभा नगरेका तथा वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनलगायत आवश्यक विवरण नगरपालिकामा पेश नगरेका सहकारीको दर्ता खारेजी प्रक्रिया अघि बढाएको हो।
नगरपालिकाले सफल पशुपन्छी सहकारी संस्था लिमिटेड, हाम्रो गौरव कृषि सहकारी संस्था लिमिटेड, चौतारी महिला कृषि सहकारी संस्था लिमिटेड, जुनतारा सशक्तीकरण कृषि सहकारी संस्था लिमिटेड, जनक शिक्षा कृषि सहकारी संस्था लिमिटेड, जय ठाकुरबाबा कृषि सहकारी संस्था लिमिटेड, कौशिलनगर कृषि सहकारी संस्था लिमिटेड, कनकासुन्दरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जुनी कृषि सहकारी संस्था लिमिटेड, नव किसान कृषि सहकारी संस्था लिमिटेड, फुलबारी कृषि सहकारी संस्था लिमिटेड, मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र फुलबारी महिला प्राङ्गारिक सहकारी संस्था लिमिटेडलाई दर्ता खारेजी प्रक्रियामा राखेको छ ।
नगरपालिकाको उद्योग, सहकारी तथा उपभोक्ता हित संरक्षण उपशाखाले सूचना प्रकाशित गरी पटकपटक ताकेता गर्दा पनि सम्पर्कमा नआएका तथा संस्था अद्यावधिक नगरेका सहकारीलाई ३५ दिनभित्र आवश्यक कागजातसहित उपस्थित भई संस्था अद्यावधिक गर्न अन्तिम मौका दिएको छ।
नगरपालिकाले उक्त अवधिभित्र आवश्यक प्रक्रिया पूरा नगर्ने सहकारीको दर्ता खारेजी प्रक्रिया अघि बढाउने जनाएको छ।
नगरपालिकाका अनुसार लामो समयदेखि निष्क्रिय रहेका सहकारीले नियमित रूपमा साधारणसभा नगरेको, वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पेश नगरेको र अन्य तोकिएका विवरणसमेत कार्यालयमा नबुझाएको पाइएको छ। कतिपय सहकारीको कार्यालयसमेत सञ्चालनमा नरहेको तथा पटकपटक सम्पर्क गर्दा सम्बन्धित सञ्चालक वा पदाधिकारी सम्पर्कमा नआएको नगरपालिकाले जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा कोहलपुर नगरपालिकाको सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाका आधारमा दर्ता खारेजी प्रक्रिया अघि बढाइएको हो ।
नगरपालिकाद्वारा प्रकाशित सूचनामा सङ्घीय सहकारी ऐन, २०७४ को व्यवस्थासमेत उल्लेख गर्दै लगातार दुई वर्षसम्म कारोबार नगरेका वा कानुनबमोजिम बुझाउनुपर्ने विवरण नबुझाएका सहकारी संस्थाको दर्ता खारेज गर्न सकिने कानुनी व्यवस्था रहेको जनाइएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com