Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
तेस्रो साधारण सभा

बौद्धस्थित सुचन्दा गुठीले उद्धार कोषमा ४८ हजार सहयोग गर्ने

बौद्धस्थित सुचन्दा गुठीले उद्धार कोषमा ४८ हजार सहयोग गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिका ६ बौद्धस्थित सुचन्दा गुठीले भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थाको तर्फबाट रु १०००० र कार्यसमितिका पदाधिकारी एवं संस्थापक सदस्यहरुबाट स्वैच्छिक सहयोग गरी कुल  ४८००० योगदान गर्ने निर्णय गरेको छ ।

गुठीले राष्ट्रिय संकटको समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम प्रदान निर्णय गरेको जनाएको छ । विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको उल्लेख गरिएको छ । विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको गुठीले जनाएको छ । यही भदौ १३ गते सम्पन्न गुठीको तेस्रो साधारण सभाका अवसरमा उक्त सहयोग उपलब्ध गराउने निर्णय गरिएको थियो ।

गुठीका अध्यक्ष रोहित दाहालको सभापतित्वमा सम्पन्न उक्त सभामा जेष्ठ नागरिक, चन्दादाता र गुठी भवन निर्माणमा सहयोग पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा सचिवको तर्फबाट सदस्य ऋषिकुमार दाहालले संस्थाले गत वर्ष सम्पन्न गरेका कार्यहरु र भावी योजनाको विवरण सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै, गुठीका कोषाध्यक्षको तर्फबाट गत बर्षको खूद आम्दानी खर्च तथा यस आवको लागि कुल ५६ लाखको अनुमानित आयव्यय विवरण पेस गरिएको थियो । सो अवसरमा विशेष अतिथि उत्तम चापागाईले छोटो समयमा संस्थाले गरेको प्रगतिबारे सन्तोष व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

WhatsApp Image 2026-09-04 at 19.45.26.jpeg
undefined

उक्त अवसरमा ६ नं वडा कार्यालय बौद्धका वडा सदस्य एवं प्रमुख अतिथि नरेन्द्र थापाले जेष्ठ नागरिकहरुलाई दोसल्ला र अभिनन्दन पत्रद्वरा सम्मान गर्दै अधुरो भवन निर्माणका लागि सक्दो सहयोग गर्ने र गुठीका लागि भजन सामग्री र आवश्यक फर्निसिङ्ग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

सोही कार्यक्रमको अवसरमा संस्थाका सदस्य निर्मला नेपाल दाहालद्वारा संग्रहित भजन संग्रहको विमोचन पं नारदमणि पौडेलले गर्नुभएको थियो भने संगीतमय भजनले केही समय वातावरण गुञ्जायमान भएको थियो ।

कार्यक्रमका सभापति दाहालले सहभागीहरुलाई धन्यवाद दिदै सम्मानित जेष्ठनागरिकहरुको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्नुभएको थियो । हरिहर दाहालले संचालन गर्नु भएको उक्त कार्यक्रममा गोमा दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो । 

WhatsApp Image 2026-09-04 at 19.51.31 (1).jpeg
undefined
b98877db-1648-4715-a7ea-fe5a4396851e.jpg
undefined
ed5bbedd-efac-4c0b-938e-1865f1fd8e98.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार