काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्न आगामी वैशाख १९ गते दिउँसो ३ बजे कार्यतालिका राखिएको बताउनुभयो ।
मन्त्री गुरुङले सरकार र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिको वार्ता पनि सहमतिनजिक पुगेको खुलासा गर्दै चाँडै सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिनिधिसभा तथा राष्ट्रिय सभा नियमावली अनुसार सरकारको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिले नै पढ्नुपर्ने प्रावधान छ । संविधानको धारा ९५ तथा प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावलीको नियम ३८ मा नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com