Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
रसुवा बाढीपीडित

मोरङको केराबारी नारी विकास साकोसले गर्यो ५० हजार सहयोग

मोरङको केराबारी नारी विकास साकोसले गर्यो ५० हजार सहयोग

काठमाडौं । मोरङको केराबारी-८ स्थित केराबारी नारी विकास बचत तथा ऋण सहकारी संस्थाले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनामा सहयोग गरेको छ ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ५० हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाका सम्पूर्ण सदस्यहरुकोतर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार सहयोग गरेको जनाएको छ । समुदायमा आधारित एवम् सदस्य केन्द्रित केराबारी नारी विकास साकोसले संकटको घडीमा सहकारीले सामाजिक दायित्व बहन गर्दै  हातेमालो गरेको व्यवस्थापक शान्तिमाया लिम्बुले जारी गर्नुभएको सूचनामा उल्लेख गरेको छ ।

विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको उल्लेख गरिएको छ । विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाले जनाएको छ ।

केराबारी नारी विकास साकोसले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

यसैगरी, साकोसले यस दुःखद् र कठिन घडीमा आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत कोषमा सहयोग गर्न सबै सदस्यहरुमा हार्दिक अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार