Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

वायुसेवा निगमले राहत सामग्री ढुवानीमा लाग्ने शुल्क एक महिनाका लागि छुट दिने

वायुसेवा निगमले राहत सामग्री ढुवानीमा लाग्ने शुल्क एक महिनाका लागि छुट दिने

काठमाडौं । नेपाल वायुसेवा निगमले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्ने शुल्क एक महिनाका लागि छुट दिने भएको छ ।

निगमले विज्ञप्ति निकालेर विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले राहत सामग्री ढुवानीमा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरिएको जनाएको छ । निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो निर्णय गरेको स्पष्ट पारेको छ ।

निगमका अनुसार अन्तरराष्ट्रिय स्टेसनबाट नेपालमा बाढीपीडितका लागि पठाइने राहत सामग्रीमा निगमसँग सम्बन्धित शुल्क एक महिनासम्म छुट हुनेछ । यसबाट विदेशमा रहेका नेपाली, विभिन्न सङ्घसंस्था तथा सहयोगी निकायबाट नेपाल पठाइने राहत सामग्रीको ढुवानी सहज हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक पत्रका आधारमा पठाइने खाद्यान्न, औषधि, लत्ताकपडा तथा अन्य अत्यावश्यक राहत सामग्रीमा यो शुल्क छुट लागू हुने निगमले जनाएको छ ।

विपद्को समयमा मानवीय सहयोगलाई सहज, प्रभावकारी र शीघ्र बनाउन निगमको निर्णयले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । विभिन्न देश तथा सङ्घसंस्थाबाट नेपाल पठाइने राहत सामग्री प्रभावित समुदायसम्म छिटो पुर्‍याउन यो सहुलियतले सहयोग पुग्ने निगमले जनाएको छ ।

801045674_2142912849913241_8951533747016935427_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार