काठमाडौं । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना तोकिएको छ। जिल्ला अदालत, काठमाडौँका न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगीसम्बन्धी कसुरमा बिहीबार सजाय निर्धारण गरेको हो।
सो मुद्दामा भदौ ११ गते तामाङसहित १७ जनालाई दोषी ठहर गरिएको थियो।
प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, सुमन नन्द वैद्य, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद रिसाल, सिर्जना शाक्य तामाङ, लालकाजी गुरुङ र मिना गुरुङलाई कसुरदार ठहर गरेको थियो।
दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, नगेन्द्र बिमली, मुकुन्दप्रसाद नेउपाने, रामराज मास्के र हरिप्रसाद रिसाललाई जनही ६ महिना कैद ५ हजार जरिबाना तोकिएको छ।
त्यस्तै रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, दानहिरा तुलाधर, सिर्जना शाक्य र लालकाजी गुरुङलाई जनही एक वर्ष कैद र १० हजार जरिबाना तोकिएको छ।
केशवलाल श्रेष्ठलाई ५ वर्ष कैद र ४५ हजार जरिबाना, मीना गुरुङलाई ५ महिना कैद र ४ हजार जरिबाना तोकिएको छ।
त्यस्तै बिगो रकम भने दामाशाही हुने फैसला भएको छ।
सहकारी संस्थाबाट लिएको ६ करोड ९० लाख रूपैयाँ ऋण कानुनबमोजिम ब्याजसहित बुझाउनु पर्ने र सो रकम मूल बिगोबाट घटाई हुन आउने बाँकी बिगो दामाशाही गर्ने फैसला भएको हो।
मूल बिगो रकम ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रूपैयाँ रहेको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com