Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

'सिद्धार्थ साकोसको सफलतामा ज्येष्ठ सदस्यहरुको अनुभव र आशिर्वाद छ'

'सिद्धार्थ साकोसको सफलतामा ज्येष्ठ सदस्यहरुको अनुभव र आशिर्वाद छ'

काठमाडौं । भक्तपुरस्थित सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो सफलतामा ज्येष्ठ सदस्यहरुको अनुभव र आशिर्वाद मिसिएको बताएको छ । संस्थाको सफलता केवल वित्तीय सूचकहरुमात्र नभइ सदस्यहरुबीचको सम्बन्धको आत्मियता र प्रगाढता समेत भएको बताउँदै सिद्धार्थ साकोसले ज्येष्ठ सदस्यहरुको आवद्धता र सामीप्यताले संस्थागत विकास र दिगोपनामा सकारात्मक भूमिका खेलेको दाबी गरेको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका ४, शंखधर चोकस्थित सिद्धार्थ साकोसले कुशे औंसी तथा बुबाको मुख हेर्ने पर्बको अवसरमा आज आयोजना गरेको ज्येष्ठ पुरुष सदस्यहरुलाई सगुन तथा पोषण वितरण कार्यक्रममा प्रमुख अतिथि मध्यपुर ठिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र  श्रेष्ठ, चाणक्य  कलेजका अध्यक्ष  चन्दन  कृष्ण श्रेष्ठ, संस्थाका अध्यक्ष  राजेश  श्रेष्ठले ज्येष्ठ नागरिकहरुको हेरचाहमा सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँहरुको सम्मानको परम्परालाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

संस्थाका अध्यक्ष राजेश श्रेष्ठले भन्नुभयो, ‘सिद्धार्थ साकोसको सफलतामा हाम्रा ज्येष्ठ सदस्यहरुको अनुभव र आशिर्वाद मिसिएको छ । ज्येष्ठ सदस्यहरुको आशिष लिन नै आजको सगुनको कार्यक्रम राखिएको हो ।’ देउताको मुख हेर्नुपर्यो भने आमाबाबुको मुख हेर्दा हुने भन्दै आमााबाबु नै हाम्रो जीवनको पहिलो गुरु भएको बताउनुभयो । पितृ देवो भवः, मातृ देवो भवः को मन्त्र सुनाउँदै अध्यक्ष श्रेष्ठले हामीले बुबाआमाको ऋण यो जुनीमा त के कैयौं जुनीमा पनि तिरेर नसक्ने उल्लेख गर्नुभयो ।

_DSC0956_11zon.jpg
undefined

उहाँले संस्थाको संख्यात्मक सवलताका सूचक र विवरण प्रस्तुत गर्दै ज्येष्ठ सदस्यहरुकै आर्शिवादले संस्था निरन्तर प्रगतिपथमा अघि बढेको दाबी गर्नुभयो । साथै उहाँले सदस्यहरुको बचतको संरक्षणका विषयमा कुनै चिन्ता लिनुनपर्ने भन्दै भन्नुभयो, ‘यहाँहरुले सिद्धार्थ साकोसमा ढुक्क भएर कारोबार गर्दा हुन्छ । यहाँहरुको बचतको संरक्षण हाम्रो प्राथमिकता हो । यो संस्था तपाईंहरुको आर्थिक तथा सामाजिक समृद्धिको साझेदार हो । तपाईंहरुका छोरा नातिनातिना तथा आफ्न्तहरुलाई पनि सिद्धार्थ साकोससँग आवद्ध भई आफ्नो सामार्थिक आर्थिक जीवनस्तर सुधार गर्न भनिदिनुहोस् ।’

उहाँले सुरक्षित लगानी र उचित प्रतिफललाई आधार मानी संस्था सञ्चालन गरिएको जानकारी गराउनुभयो । सिद्धार्थ साकोस स्थानीयहरुद्वारा प्रवर्धित सहकारी हो । साथै उहाँले अब संस्थाको निर्वाचन सहितको साधारण सभा भएकाले सञ्चालक समितिमा महिला सहभागिता कम्तिमा ३३ प्रतिशत पुर्याउने गरी तयारी गरिने पनि जानकारी गराउनुभयो ।

_DSC0861_11zon.jpg
undefined

यस्तै, नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सहकारीहरुमा पछिल्लो समय धेरै किसिमका समस्याहरु आएपनि सिद्धार्थ साकोस भने समुदायमा आधारित अब्बल साकोस भएकाले निश्चिन्त भएर कारोबार गर्न आग्रह गर्नुभयो । उहाँले भक्तपुरमै पनि धेरै सहकारीमा समस्या आएपनि सिद्धार्थ साकोस भने विश्वासिलो भएको र सोही कारण आफू यसले आयोजना गर्ने कार्यक्रमहरुमा सहभागी हुने गरेको सुनाउनुभयो । नगरप्रमुख श्रेष्ठले भन्नुभयो, ‘अचेल म सहकारी भन्ने बित्तिकै सबै कुरा बुझेर मात्र कार्यक्रममा सहभागी हुन्छु तर सिद्धार्थ साकोमा भने समस्या छैन । यसले सहकारीको मूल्य, मान्यता अनुसार काम गरेको छ र ज्येष्ठ सदस्यहरुलाई पनि उचित सम्मान गरेको छ ।’

_DSC0899_11zon.jpg
undefined

उहाँले ज्येष्ठ नागरिकहरुले पछिल्लो समय पारिवारिक रुपमा साथ सहयोग नपाइरहेको र एक्लो जीवन बिताइरहनुपरेको अवस्थामा सिद्धार्थ साकोस उहाँहरुको परिवार सरहल भएको भन्दै प्रशंसा गर्नुभयो । आजको पुस्तामा नैतिक शिक्षा कमी भएको भन्दै त्यसका लागि स्थानीय पाठ्यक्रममा त्यसको व्यवस्था गरिएको जानकारी गराउँदै नगर प्रमुख श्रेष्ठले सिद्धार्थ साकोसले पनि ज्येष्ठ नागरिकप्रतिको संस्थागत दायित्व निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो । 

साथै उहाँले नगरपालिकामार्फत ज्येष्ठ सदस्यहरुलाई नगरपालिकाका अस्पतालमा  निशुल्क उपचारको ब्यवस्था मिलाइएको जानकारी गराउँदै प्रत्येक  वडामा मासिक २ पटक  निशुल्क जाँच गर्ने ब्यबस्था रहेको बताउनभयो । साथै  हालै निर्माणाधीन  नगर अस्पताल यही पुष महिनामा कोरिया सरकारबाट हस्तान्तरण  गर्ने जानकारी  गराउनुभयो ।

_DSC0907_11zon.jpg
undefined

कार्यक्रमका विशेष अतिथि चाणक्य कलेजका अध्यक्ष चन्दन कृष्ण श्रेष्ठले छोराछोरीहरु विदेशिएको र बाबुआमालाई वास्ता नगरेको सन्दर्भमा बरु सिद्धार्थ सहकारीले ज्येष्ठ नागरिकका लागि आफ्ना सन्तानसरह भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो । उहाँले शिक्षा र सम्पत्ति मात्र होइन संस्कार आवश्यक पर्ने भन्दै आजको शिक्षाले युवाहरुलाई संस्कार दिन नसकेकको गुनासो गर्नुभयो ।

_DSC0920_11zon.jpg
undefined

आजको कार्यक्रम संस्थाका शिक्षा उपसमितिका संयोजक  तुल्सी राम श्रेष्ठले  संचालन गर्नु भएको थियो भने स्वागतमन्तव्य उपाध्यक्ष इन्द्र कृष्ण  श्रेष्ठले राख्नुभएको थियो । कार्यक्रममा संस्थाको संचालक समिति , उपसमिति, कर्मचारीहरु, पत्रकारहरु लगायतको सहभागिता थियो ।

कार्यक्रममा प्रमुख अतिथि र संस्थाका अध्यक्ष श्रेष्ठद्वयले सहभागी ५८ जना जेष्ठ सदस्यलाई सगुन वितरण गर्दै उहाँहरुको दीघार्यु र समृद्धिको कामना गर्नुभएको थियो ।

_DSC0913_11zon.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार