Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

१८० नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन तालिम

१८० नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन तालिम

काठमाडौं । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ र काठमाण्डौ महानगरपालिकाको समन्वयमा काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरूलाई ट्राफिक व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ । नगर प्रहरी बलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा १८० जना नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन सम्बन्धी सैद्धान्तिक र व्यवहारिक तालिम दिएको हो ।

१८ फागुन २०८१ देखि सुरु भएको तालिममा ३ समूहमा सञ्चालन भएको थियो । ५३ जना नगर प्रहरी हवल्दार र १२७ जना नगर प्रहरी जवान तालिममा सहभागी थिए । महानगरका अनुसार प्रत्येक समूहलाई १५ कार्य दिनको तालिम दिइएको थियो । हरेक समूहमा ६० जनालाई सहभागी गराइएको थियो ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक विनोद घिमिरेले तालिमका दौरानमा हासिल गरेका सैद्धान्तिक तथा व्यावहरिक ज्ञान र सिपलाई कार्यक्षेत्रमा ईमान्दारी साथ कार्यान्वयन गरी जनतालाई सुरक्षित र सहज ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरी र महानगर प्रहरीको भूमिका रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार