काठमाडौं । बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले इलाकास्तरीय प्रगति समीक्षा कार्यक्रम सुरु गरेको छ । संस्थाले कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित, उत्तरदायी तथा परिणाममुखी बनाउने उद्देश्यले समीक्षा कार्यक्रम गरेको जनाएको छ । संस्थाले आफ्ना सदस्य सेवाकेन्द्रहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन नयाँ अभ्यासका रूपमा विभिन्न सदस्य सेवाकेन्द्रहरूलाई ७ वटा इलाकामा विभाजन गरी इलाकास्तरमा प्रगति समीक्षा गर्न थालेको हो ।
पहिलो इलाकास्तरीय प्रगति समीक्षा कार्यक्रम आज मुक्तिनाथ इलाका अन्तर्गत रहेका विभिन्न सदस्य सेवाकेन्द्रहरूको सम्पन्न भएको छ । कार्यक्रममा मुक्तिनाथ सदस्य सेवाकेन्द्र, कल्याणकारी सदस्य सेवाकेन्द्र, नवमालिका सदस्य सेवाकेन्द्र, तिरुपति सदस्य सेवाकेन्द्र र मूलपानी सदस्य सेवाकेन्द्रका सेवाकेन्द्र, सञ्चालन तथा व्यवस्थापन उपसमिति, सेवाकेन्द्र प्रमुख तथा कर्मचारी तथा उच्च व्यवस्थापनको सहभागिता रहेको थियो ।
समीक्षा कार्यक्रममा सम्बन्धित सदस्य सेवाकेन्द्रहरूको हालसम्मको कार्यसम्पादन, निर्धारित लक्ष्य तथा प्राप्त उपलब्धि, सदस्य सेवा प्रवाह, बचत तथा ऋण कारोबार, संस्थागत गतिविधि, वित्तीय तथा गैरवित्तीय सूचक, सेवाकेन्द्र सञ्चालनका क्रममा देखिएका समस्या तथा चुनौतीहरूका विषयमा विस्तृत छलफल गरिएको जनाएको छ । साथै, आगामी दिनमा कार्यसम्पादन सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्दै लक्ष्य प्राप्तिका लागि आवश्यक कार्ययोजना तथा रणनीतिका विषयमा समेत छलफल गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले इलाकास्तरीय प्रगति समीक्षा अभ्यासले सदस्य सेवाकेन्द्रहरूबीच समन्वय, सहकार्य तथा अनुभव आदान–प्रदानलाई थप प्रभावकारी बनाउने बताए। उनले सेवाकेन्द्रका समस्या तथा चुनौतीहरू समयमै पहिचान गरी समाधान गर्न, निर्धारित लक्ष्यअनुसार कार्यसम्पादन गर्न तथा सदस्य सेवाको गुणस्तर अभिवृद्धि गर्न यस्ता समीक्षा कार्यक्रम महत्वपूर्ण हुने बताए ।
अध्यक्ष पौडेलले समीक्षा कार्यक्रमलाई केवल विगतको प्रगति प्रस्तुत गर्ने औपचारिक कार्यक्रमका रूपमा नलिई कार्यसम्पादनमा रहेका कमजोरी पहिचान गर्ने, सुधारका उपाय खोज्ने र आगामी कार्यदिशा तय गर्ने अवसरका रूपमा लिनुपर्ने बताए ।
कार्यक्रम मुक्तिनाथ सदस्य सेवाकेन्द्रका संयोजक सीता शर्माको अध्यक्षता, सह–संयोजक सरीता पाण्डे उप्रेतीको स्वागत तथा सचिव वीरबहादुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो । संस्थाले इलाकास्तरीय समीक्षा कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा अन्य ६ वटा इलाकामा समेत क्रमशः प्रगति समीक्षा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com