Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

हामी कुरा मात्र गर्छौं, काम केही गर्दैनौं: विश्व ऋण परिषद् सिईओ ट्रेनन

हामी कुरा मात्र गर्छौं, काम केही गर्दैनौं: विश्व ऋण परिषद् सिईओ ट्रेनन

काठमाडौं । विश्वभरका बचत तथा ऋण सहकारीहरुको छाता संगठन विश्व ऋण परिषद् (ओकू) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) पल ट्रेननले कुराहरु धेरै भए अब काम गरेर नतिजा देखाउन यस क्षेत्रका अगुवाहरुलाई आग्रह गरेका छन् । मलेशियाको राजधानी क्वालालम्पुरमा हालै सम्पन्न एसियन क्रेडिट युनिनय फोरम २०२६ मा उनले मलेशियाको सहकारी र क्रेडिट युनियन अभियानबाट धेरै सिक्न सकिने बताउँदै सबैले यीनै कुरा गर्दै आएपनि काम भने नभएको बताए ।

'मलेशियाली क्रेडिट युनियन अभियानका तर्फबाट उठाइएका मुद्दाहरुमध्ये धेरै वटा कुराहरु हामीले पनि विश्वभर भन्दै आएका छौं तर अन्यत्र अपेक्षित नतिजा आउन सकेको छैन, 'उनले भने, 'नियमन, युवा सहभागिता, डिजिटलाइजेसन यी सबै विषय हामीले विश्वभर गर्दै आएका छौं । तर, हामी सधैं त्यही कुरा गर्छौं, तर गर्न चाहिँ केही गर्दैनौं ।'

उनले प्रश्न गरे, ' होकि होइन ?' उनले अगाडि भने, 'अनि, यी सबै कुरा हामीले गर्नुपर्ने काम भनेर एउटा बास्केटमा गएर थन्किन्छन् । त्यही भएर मेरो एउटा च्यालेन्ज छ तपाईंहरुलाई, कि यी विषयमा कुरा मात्र नगर्नुहोस्, काम गर्न र परिणाम देखाउन शुरु गर्नुहोस् । हाम्रा लागि सबैभन्दा ठूलो लाभ वा बैशिष्ट्य भनेकै सहकारी पृथकता हो । तर, हामी यो अमूल्य विषयमा कति छलफल गर्छौं, हामी तथ्याङ्क बारे कुरा गर्छौं होला, हाम्रा वस्तु तथा सेवाका बारेमा छलफल गर्छौं होला, तर हामी सहकारी जस्तो बृहद् अभियानका हिस्सा हौं भन्ने कुरा कति गर्छौं ? हामी केवल क्रेडिट युनियनका ४० करोड वा सहकारी अभियानका १ अर्ब सदस्यहरुको मात्र कुरा गर्छौं ।'

उनले मलेशियाली क्रेडिट युनियनको एउटा उदाहरण प्रस्तुत गर्दै संस्थाका ९९ प्रतिशत बढी महिलालाई उक्त क्रेडिट युनियनले आफ्नो व्यवसाय सञ्चालनका लागि सहज र सर्वसुलभ ऋण मात्र होइन सदस्य सुविधा र सुरक्षाका कार्यक्रम अन्तर्गत शिक्षा र स्वास्थ्य क्लिनिकको सुविधा उपलब्ध गराएको बताए । यसैगरी, महिलाहरुलाई उक्त सहकारीले वर्षमा कम्तिमा १० प्रतिशत लाभांश प्रदान गर्ने संस्थाका अन्य व्यवसायमा समेत सहभागी गराएको स्थानीय सहकारीकर्मीहरुसँग कुरा गर्दै जानकारी गराए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार