Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

सहकारी सचिव शर्मालाई प्राधिकरण अध्यक्षको जिम्मेवारी

सहकारी सचिव शर्मालाई प्राधिकरण अध्यक्षको जिम्मेवारी

काठमाडौं । भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालाई प्राधिकरण अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । आज मन्त्रालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा सहकारी मन्त्री बलराम अधिकारी लगायतको रोहबरमा पद बहाली गर्नुभएको छ । मन्त्रीपरिषद्को  वैशाख १५ गतेको बैठकले सहकारी सचिव शर्मालाई प्राधिकरण अध्यक्ष तोक्ने निर्णय गरेको थियो । 

प्राधिकरणका सदस्यहरु गुरुप्रसाद पौडेल र मदन कोइराला तथा प्राधिकरणका सचिव रविन ढकाल लगायतले अध्यक्षको स्वागत गरेका थिए । यसैबीच, आजै बसेको बैठकले प्राधिकरणका काम, कर्तव्य सक्रिय रुपमा कार्यान्वयन गर्ने र सहकारी दर्ता, नियमन र अनुगमनका मापदण्डहरु यथाशिघ्र स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

3a774c14-d091-4f9b-a03b-5e053a0302f3.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार