Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

युवा शक्ति स्वदेशमै रहने वातावरण तयार गर्नुपर्छ

युवा शक्ति स्वदेशमै रहने वातावरण तयार गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रोजगारी वृद्धि गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाउनुभएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसले १ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले श्रमिकहरूलाई पूर्ण अधिकार सम्पन्न बनाउँदै स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति स्वदेशमै रहने र आफ्नै देशमा ज्ञान, सीप, वृद्धिको विकास र लगानी गर्ने वातावरण तयार गरे समृद्ध नेपालको सपना पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालको संविधानले रोजगारी र श्रमिकको हक र उचित पारिश्रमिक एवं योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको दाबी गर्नुभयो ।  देउवाले आफू प्रधानमन्त्री भएकै बेलामा श्रम ऐन, ट्रेड युनियन ऐन लगायतका कानूनहरू ल्याएको समेत जीकिर गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार