Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

आज आद्य जगदगुरु श्री शंकराचार्य जयन्ती

आज आद्य जगदगुरु श्री शंकराचार्य जयन्ती

काठमाडौं । आज बैशाख शुक्ल पक्ष पञ्चमी तिथि अर्थात् आद्य जगदगुरु श्री शंकराचार्य जयन्ती ।  पूर्वीय दर्शनका एक विशिष्ट व्यक्तित्वको रूपमा आठौं शताब्दीको अन्तिमतिर उहाँको जन्म भारतमा भएको थियो । श्री शंकराचार्य वेदान्त दर्शनको शांकर भाष्यका प्रणेता हुनुहुन्छ । 

बाल्यकालदेखि नै उहाँको तीक्ष्ण बुद्धि थियो । ८ वर्षको उमेरमा नै उहाँले चारै वेद कण्ठ पारिसक्नुभएको थियो । दश वर्षको उमेरमा आचार्य शङ्करले सनातन हिन्दु धर्मको समन्वय र पुनरुत्थान गर्ने संकल्प लिएर देशव्यापी भ्रमण सुरु गर्नुभयो । उहाँ अत्यन्त चिन्तनशील व्यक्ति हुनुहुन्थ्यो । कन्याकुमारीदेखि कश्मीर र गान्धारदेखि कामरूपसम्मको भ्रमणका क्रममा उहाँले सनातन मतावलम्बीहरूलाई एकता सूत्रमा बाँड्नु थियो । आफू जहाँ पुगेपनि शाशास्त्र गरेर आफ्ना विपक्षीलाई आफ्नो पक्षमा ल्याउँने क्षमता उहाँ राख्नुहुन्थ्यो । 

आद्य जगदगुरु शंकराचार्यका गुरु र शिष्यका गुरु शिष्य परम्पराको इतिहास अहिलेसम्म मठहरूमा सुरक्षित छ। त्यही गुरुशिष्य परम्पराका आधारमा पनि उहााँको समय सातौं शताब्दी मानिएको पाइन्छ । आद्य शंकराचार्यले चार मठ स्थापना गर्नुभयो । उत्तरतिर उहाँले बद्रीकाश्राममा ज्योतिर्मठ स्थापना गर्नुभयो । यस पछि पश्चिमी दिशाको द्वारकामा शारदामथ स्थापना भयो। गोवर्धन मठको स्थापना पूर्वमा जगन्नाथ पुरीमा गर्नुभयो भने श्रृंगेरी ज्ञानमठ भारतको दक्षिण रामेश्वरममा स्थापित गर्नुभयो ।

आद्य जगदगुरु शंकराचार्यको समयमा जैन राजा सुधन्वा शासनमा हुनुहुन्थ्यो । उहाँले आफ्नो शासनकालमा वैदिक धर्मको प्रचार गर्नुभयो । उहाँले त्यस अवधिमा जैन आचार्यलाई छलफलका लागि आमन्त्रित गर्नुभएको थियो । राजा सुधन्वाले पछि वैदिक धर्म अपनाउनुभयो । राजा सुधनवाको ताम्रपत्र आज पनि उपलब्ध छ। यो ताम्रपत्र आदि शंकराचार्यको मृत्यु हुनुभन्दा एक महिना अघि लेखिएको थियो । शंकराचार्यको सहपाठी चित्तसुखाचार्य हुनुहुन्थ्यो ।  उहाँले बृहत्शंकर विजय नामक पुस्तक लेख्नुभएको थियो ।

३२ वर्षको युवा उमेरमा नै आद्य जगदगुरु शंकराचार्यको मृत्यु भएको थियो । आद्य जगदगुरु शंकराचार्यको जन्मको विषयमा भने एक मत पाइँदैन । कतिपय इतिहासकारहरूले उहाँ सातौं शताब्दीको अन्तिम तिर भारतमा जन्मिएको भनेका छन् भने कतिले आठौं शताब्दीको अन्तिममा भएको उल्लेख गरेका छन् । आजका इतिहासकारहरू आद्य आद्य जगदगुरु शंकराचार्यको जन्म ७८८ ईस्वीमा भएको थियो र ८२० ईस्वीमा मृत्यु भएको मान्छन् ।

shankaracharya.jpg

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार