जनकपुर । सहकारी संस्थाहरुमा प्रविधिमा आधारित सेवा सञ्चालन तथा सफ्टवेयरको प्रयोगबारे मधेस प्रदेशका सहकारीकर्मीबीच अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । फिनएक्स को–अपरेटिभ सफ्टवेयर निर्माण कम्पनी जिनव इंन्क प्रालीको आयोजनामा शुक्रबार जनकपुरधाममा भएको कार्यक्रममा मधेस प्रदेशका एक सय भन्दा बढी सहकारी संस्थाका अध्यक्ष, संचालक, व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहकारी संस्थाहरुमा आधुनिक प्रविधिको प्रयोग, सफ्टवेयर छनोट गर्ने आधार र यसबाट हुने फाइदाबारे छलफल गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामनगिना राउत, समाज सेवी कृष्ण दिक्षित तथा स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख व्यवस्थापक विनोद थापाले पनि सहकारीको क्षेत्रको बारेमा धारणा राखेका थिए ।
गत साउनदेखि ‘फिनएक्स को–अपरेटिभ सफ्टवेयर’ नामबाट संचालनमा रहेको सफ्टवेयरको सेवा हाल ५ सय वटा भन्दा बढी संस्थाहरुले प्रयोग गरिरहेका छन् । कोशी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले जारी गरेको ‘सहकारी संस्थामा एप्लिकेशन सफ्टवेयर प्रयोग सम्बन्धी कार्यविधि–२०८१’ ले तोकेको मापदण्ड पुरा गरी सूचिकृत भएको सफ्टवेयरमा कोर बैंकिङका अतिरिक्त कर्जा लगानी प्रक्रिया सम्बन्धी विस्तृत मोडल, गो एएमएल, कोपोमिस, पल्स मनिटरिङलगायत नयाँ सुविधाहरु छन् ।
यस्तै सफ्टवेयरमा क्युआर कोड भुक्तानी तथा फर्छौट, मिस्डकलमार्फत मोवाईल रिचार्ज, बैंकबाट सहकारीमा र सहकारीबाट बैंक खातामा रकम ट्रान्सफर, इसेवा खल्तीलगायतका वालेटहरुमा रकम ट्रान्सफर र वालेटबाट सहकारीको खातामा रकम ट्रान्सफर, एटीएम, इ टेलरलगायतका आधुनिक सुविधा उपलब्ध छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com