भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले आफ्नो २१ औं स्थापना दिवस २०८२ बैशाख २१ गते समसामयिक विषयमा अन्तरक्रिया तथा पुरस्कार कार्यक्रम गरी मनाएको छ । संघले सहकारी विधेयक, निर्देशन तथा मापदण्ड, बचत तथा ऋण सहकारीको आगामी मार्गचित्र विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूको सभापतित्वमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा जिल्लास्तरीय सहकारी व्यवसाय पुरस्कार २०८१ बाट श्री युवा बचत तथा ऋण सहकारी संस्था लि।, भक्तपुर नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार २०८१ बाट श्री लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि, मध्यपुर थिमि नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार २०८१ बाट बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि., सूर्यविनायक नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार २०८१ बाट सुवर्णपुर बचत तथा ऋण सहकारी संस्था लि., र चाँगुनारायण नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार २०८१ बाट देवी महिला बचत तथा ऋण सहकारी संस्था लि, लाई पुरस्कृत गरिएको थियो ।
साथै ६८ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भक्तपुर नगरमा आयोजित नगरस्तरीय प्रभातफेरीमा उत्कृष्ट सहभागी पुरस्कारबाट भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि, लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि. र बालाखु बचत तथा ऋण सहकारी संस्था लि. लाई पुरस्कृत गरिएको थियो ।


Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com