Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

राईफाईसन अभियानको भविष्य खोज्दै नाकूफोक !

राईफाईसन अभियानको भविष्य खोज्दै नाकूफोक !

एजेन्सी । विश्व बचत ऋण सहकारी अभियानका सुत्रधार फेड्रिक विल्हेम राईफाईसनको थ्री एस (स्व सहयोग, स्व जिम्मेवारी तथा स्व अनुशासन) लाई सैद्धान्तिक र व्यावहारिक रुपमै आर्दश र निष्ठापूर्वक कार्यान्वयन गर्दै क्रेडिट युनियनमा आवद्ध तल्लो अनि पिछडिएका समुदायको जीवनस्त रुपान्तरणमा भूमिका खेल्ने राईफाईसन अभियानको भविष्य दिगो बनाउने अभियानमा जुटेको छ दक्षिण कोरियाली बचत तथा ऋण अभियानको केन्द्रीय संघ-नाकूफोक । 

राईफाईसन र उहाँको सिद्धान्तलाई शिरोपर गरेर विश्व क्रेडिट युनियन अभियानमा अग्लो र अलग्गै पहिचान स्थापित गर्न सफल दक्षिण कोरियाली क्रेडिट युनियन अभियान राइफाइन अभियानको वास्तवमै अंगरक्षक बन्दै आएको छ । राईफाईसनको थ्री एस सिद्धान्तलाई अगालेर सुरु गरेका कतिपय बचत तथा ऋण सहकारी संस्था र संघहरुमा मिसन ड्रिफ्ट भैरहेको सन्दर्भमा नाकूफोकले विशुद्ध राईफाईसन अभियानको भविष्य सुनिश्चित गर्ने जिम्मेवारी बोकेको छ ।

राईफाइसन लिगेसीको परिचायक बनेको नाकूफोकले ६५ वर्षे इतिहासमा थ्री एस सिद्धान्तलाई थप प्रवर्धन गर्दै गएको प्रमाणित गरेको छ । सोही कारण एशियाली बचत तथा ऋण सहकारी अभियानको शीर्ष स्थानमा नाकूफोक रहेको छ भने विश्वमा सफल क्रेडिट युनियन अभियान सञ्चालन भएको मुलुकमध्ये कोरिया चौथोंमा पर्दछ । त्यसैले, राईफाइसनको लिगेसी प्रवर्धनको गहन अभिभारा बहन गर्दै नाकूफोकले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसर सदुपयोग गर्दै श्रव्यदृश्य माध्यममार्फत राइफाइसन अभियानसम्बन्धी जागरण र चेतना विस्तारमा लागेको छ ।

बचत तथा ऋण सहकारी अभियान सुरु भएको जर्मनीको क्रेडिट युनियन इतिहास, प्रणेता एफ डब्लु राईफाईसनको विरासत, विशुद्ध राईफाईसनको लेगेसी प्रवर्धनका लागि मात्र स्थापित संघ अन्तर्राष्ट्रिय राईफाईसन युनियन, जर्मनीमा हाल सञ्चालनमा रहेका क्रेडिट युनियनहरुको अवस्था, चुनौती र भावी रणनीतिबारे डकुमेन्ट्री तयारीमा रहेको छ कोरियाली बचत संघ (नाकूफोक) ।

नाकूफोकको टोलीले आईआरयूको बोनस्थित सचिवालय, महासचिव आन्ड्रियस केप्स, अध्यक्ष गाइ हफ्म्यान, राईफाईसनको जन्म भएको ह्याम सिज सहरका मेयर, राईफाइसन दूतहरु, जर्मन कोअपरेटिभ बैंकहरुको राष्ट्रिय संघ (बीभीआर), जर्मन कोअपरेटिभ तथा राईफाईसन महासंघ (डीजीआरभी) का प्रतिनिधिहरुसँग अन्तर्वार्ता गरेको छ । नाकूफोकले स्थानीय मिडिया कम्पनीसँगको सहकार्यमा वृत्तचित्र तयारी गर्न लागेको जनाएको छ ।

कोअपरेटिभ फाइनान्समा आधारित रहेर राइफाइसन अभियानको खोजी गर्नु उक्त वृत्तचित्र निर्माणको मुख्य उद्देश्य रहेको बताइएको छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसर पारेर सहकारी अभियानका सम्बन्धमा जागरण जनचेतना, सहकारी तथा क्रेडिट युनियन अभियानमार्फत भएका सामाजिक आर्थिक रुपान्तरणको यथार्थ प्रस्तुत गर्ने लक्ष्यसहित नाकूफोकले जर्मनीको सहकारी तथा क्रेडिट युनियन अभियानलाई क्यामारामा कैद गरेको जनाएको छ ।

आईआरयूले नाकूफोक टोलीको जर्मनी भ्रमण र त्यस अवसरमा क्यामारामा कैद गरिएका भिडियो र तस्बिरहरु, भएका औपचारिक र अनौपचारिक संवादहरुको सँगालोलाई एउटा सम्झनलायक अनुभव भनी टिप्पणी गरेको छ । आईआरयूले लेखेको छ, 'कोअपरेटिभ माइन्ड्स कनेन्ट'

आईआरयू सञ्चालक समिति सदस्यमा नाकूफोकका अधयक्ष योन सिक किम पनि रहनुभएको छ । किम हाल एशियाली ऋण महासंघ ९अकू० को अध्यक्ष (दोस्रो कार्यकाल) तथा विश्व ऋण परिष्द (ओकू) को पनि सञ्चालक सदस्य हुनुहुन्छ । यसैगरी, उहाँ कोरियामा प्रारम्भिक सहकारीका पनि अध्यक्ष हुनुहुन्छ ।

उक्त वृत्तचित्र २०२५ को जुनमा कोरियाली टेलिभिनमा प्रसारण गर्ने तयारीका साथ काम भैरहेको जनाइएको छ । 

1745579390868.jpeg
undefined
1745943981865.jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार