एजेन्सी । विदेशी चलचित्रमा सय प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशको अष्ट्रेलियाले आपत्ति जनाउँदै उक्त घोषणा पुनर्विचार गर्न आग्रह गर्ने जनाएको छ । अष्ट्रेलियन विदेशमन्त्री पेनी वङले । अमेरिकाको यो घोषणा दोस्रो कार्यकालका लागि अष्ट्रेलियाको प्रधानमन्त्री निर्वाचित अ्यान्थोनी अ्याल्बानीज्का लागि पनि चुनौतीको विषय हुने छ । दुई नेताबीच जुनमा क्यानाडामा हुने जी सेभेन सम्मेलनका बेला भेट हुने प्रबल सम्भावनाबीच क्यानबेराले यो बिषयमा वासि ङ्टनको ध्यानाकर्षण गराउने संकेत वङले गर्नुभएको छ । उहाँले अष्ट्रेलियामा बेनका अमेरिकी चलचित्रहरुको बढी फाइदा अमेरिकाले लिइरहेको बताउनुभएको छ ।
यसअघि, आइतबार ट्रम्पले आफ्नो सामाजिक सञ्जालमाध्यममा एक पोस्ट गर्दै बाहिरी देशमा निर्मित र आयातित सबै चलचित्रमा १०० प्रतिशत आयात कर लगाउन वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई निर्देशन दिएको घोषणा गरेको सीएनएनले जनाएको थियो ।
हिजो ट्रम्पले लेख्नुभएको थियो, “अमेरिकाको चलचित्र उद्योग धेरै छिटो विनाश हुँदै छ । अरू देशहरूले हाम्रा निर्माता र स्टुडियोहरूलाई अमेरिकाबाट टाढा लैजाने विभिन्न प्रलोभन दिँदै छन् । त्यसैले मैले वाणिज्य विभाग र व्यापार प्रतिनिधिलाई विदेशमा निर्मित सबै चलचित्रहरूमा १०० प्रतिशत शुल्क लगाउन तुरुन्तै प्रक्रिया सुरु गर्न आदेश दिएको छु । हामी फेरि अमेरिकामा बनेका चलचित्र चाहन्छौँ ।”
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com