Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

ग्लोबल आइएमई बैंकको ग्लोबल पेमेन्ट गेटवे सेवा शुरु

ग्लोबल आइएमई बैंकको ग्लोबल पेमेन्ट गेटवे सेवा शुरु

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेट वे सेवा सुरु गरेको छ। यस गेटवेको माध्यमबाट बैंकका मर्चेन्टहरूले भिसा र मास्टरकार्डमार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भुक्तानी सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

गेट वेको सुरुवातसँगै ट्राभल तथा टुर एजेन्सी, होटल, एयरलाइन्स, अस्पताल लगायतका ई–कमर्स व्यवसायहरू लाभान्वित हुनेछन्। थ्रिडी सेक्योर प्रविधिको प्रयोगले कारोबारहरू सुरक्षित हुनेछन्। यसले व्यवसाय विस्तार र डिजिटल कारोबार प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

ग्लोबल आइएमई बैंकले यसअघि पनि नेपाल क्लियरिङ हाउससँग मिलेर नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल पे क्यूआर, नेपाल पे इन्स्ट्यान्ट, बिलर गेट वे जस्ता डिजिटल भुक्तानी सेवा सञ्चालनमा ल्याइसकेको छ। बैंकले ७७ वटै जिल्लामा ३५४ शाखा, ३८५ एटीएम, २२१ शाखा रहित सेवा केन्द्र, ६८ एक्स्टेन्सन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार